२०७९ जेष्ठ १, आईतवार ०७:५२
बीरगञ्ज । पर्साका वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनमा साझा उम्मेदवार राजेश मान सिंहले अग्रता लिएका छन् ।
जनता समाजवादी पार्टीवाट उम्मेदवार बनेका सिंहले ७९ मतका साथ अग्रता लिएका हुन् । नेकपा एमालेबाट एमाले– लोसपा साझा उम्मेदवार विजय सरावगीले ५३ मतका साथ सिंहलाई पछ्याइरहेका छन् । उपमेयरमा काँग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार रहेका इम्तियाज आलमले ३९ मतसहित सुरुवाती अग्रता लिएका छन् । उनलाई लोसपाबाट एमाले– लोपसाका साझा उम्मेदवार पुरुषोतम लाल झाले १२ मत ल्याएर पछ्याइरहेका छन् ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=2s

