अपडेट 
२०७९ जेष्ठ १, आईतवार ०७:५६

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउदै छन् । धार्मिक एवं आध्यात्मिक प्रकृतिको भ्रमण भए पनि दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् ।

नेपाल भारत बिच बिश्वमै रहेको अनौठोसम्बन्ध र त्यसमा पनि साझा धार्मिकसम्बन्धले पनि यो भ्रमणलाई महत्वपुर्ण बनाएको छ ।मोदीकालमा पशुपति–काशिविश्वनाथ,जनकपुर— अयोध्या र लुम्बीनी एवम बोधगयाबिचको धार्मिक अझ दरिलो बनेको छ । भारतीय प्रधानमन्त्रीको पशुपतिनाथ देखि मुक्तिनाथ र जानकि मन्दिरको धार्मिक पुजाले पनि नेपालको धार्मिक पर्यटकिय स्थलहरु प्रति भारतीय हिन्दुहरुलाई आक्रशित गरेको छ ।जसले गर्दा द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढका साथै नेपालमा भारतीय पर्यटकहरुको आगमनमा ठुलो बृद्धि भएको विश्वास गरिएको छ । गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा काशिविश्वनाथका पुजा र त्यस लगतै पछिको मोदी भ्रमणले दुबै देशको धार्मिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । जसले जे भने पनि नेपाल–भारत सम्बन्ध भौगोलिक निकटता, ऐतिहासिक निरन्तरता, समान संस्कृति र सम्पदा, बैबाहिक सम्बन्धमा जेलिएकोमात्र छैन, एकआर्कामा आधारित पनि छ । विशेषगरी खुला सिमाना, एकअर्काको भूमिमा निर्वाध आवागमन, जनता–जनताबीचको गाढा सम्बन्ध, पारिवारिक नाता र समान सांस्कृतिक सम्पर्कले यसलाई अझ प्रगाढ तुल्याएको छ । सरकार प्रमुखको दायित्व र कार्यव्यस्तताका कारण काठमाडौसम्म आउन नसके पनि लुम्बिनीबाट प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धमा नया अध्याय थप्न आशा लिइएको छ ।

मोदीको यो भ्रमणले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबारेको भ्रामक सूचना सधैसधैका लागि चिर्न र दुई छिमेकीबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वसमुदायमा पुर्याउन यो भ्रमण उपलब्धिमूलक निश्चय नै छ । प्रधानमन्त्री देउवासगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रमले गौतमबुद्धको जन्मस्थलको प्रचारप्रसारमा ठुलो सहयोग हुनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा ठुलो योगदान पुग्ने विश्वास समेत गरिएको छ । भारतको प्रधानमन्त्री बनेदेखिनै मोदीको ‘छिमेकी मुलक पहिलो नीति’लाई अगाडि सार्थक बनाउुनको साथै सांस्कृतिक एवं धार्मिक यात्रामा प्रतिविम्बित भएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू बताउछन् । प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी मादीबिच बन्दै गएको दुबै देशको समधुर सम्बन्धका साथै आर्थिक सहयोग एवं पूर्वाधार विकास, व्यापार–वाणिज्य, पारवहन, ऊर्जा र जलस्रोतलगायत पारस्परिक सम्बन्धका समग्र पक्षमा छलफल गर्न र आत्मीय सम्बन्धलाई नवीकृत भ्रमणको उपयोग हुनुपर्ने यो भ्रमणबाट आशा समेत लिइएको छ ।साथै मोदीको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवं कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धन र सघन सहयोगात्मक हुने निश्चय नै छ । नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । जसको केही संस्कृति तिब्बत र केही भारतसग मिल्दाजुल्दा रहेका छन् । यहाको भेष भूषा, भाषा र खानपानका पकवानहरूको पनि भारतसगं धेरै समानताहरू पाइन्छन् । नेपाल भारत सम्बन्ध पौराणीककाल देखि रहदै आएपनि औपचारिक सम्बन्ध भने व्रिटिस भारतको शासनकाल देखि शुरु भयो ।

भौगोलीक स्थितिले हामि भारतमा निर्भरछौ, यो तितो सत्य हो । नेपालको राजनैतिक विकास होस वा भौगोलिक परम्पराकाल देखि भारतको व्यापक सहयोग रेहको छ । केहि अराजक तत्वहरुको कुटिल षडयन्त्रका कारण समय सयम उत्पन्न गरिएको क्षणिक खाडल नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक र सामाजिक प्रगाढ सम्बन्धले गर्दा आर्फ मर्थर हुदै गएका पनि छन् । विश्वख्यातीको रुपमा अगाडि बढीरहेको मोदीको बैदेशिक राजनैतिक ओज,तिब्रगतिमा विकासीत भारतीय बजार सन्तुलन तथा विशाल जनसंख्यामा आधारित बजारशक्तिलाई हार्मिले लाभ उठाउनु मोदी कालमा कदापि पनि पछि पर्नु हुदैन । भारतीय प्रधानमन्त्रीको यो भ्रमणले पर्यटकीय क्षेत्रले पनि उचित लाभ उठाउन नेपाली संचार माध्यमको अहम भूमिकाको आवश्यकता पनि नभएको होइन । हिन्दुत्वप्रतिको भारतीय प्रधानमन्त्री मोदीको आत्मीयतालाई उचित प्रयोग गर्दै नेपालको धार्मिक महत्वलाई भारतीय जनता माझ आर्कशित गर्ने अहिलेको भन्दा कुनैपनि अर्को भारतीय सरकार ‘भूतो न भबिष्यती नेपालका लागी लाभकारी हुन सक्दैन । मोदीले पटक पटक गरेका नेपालका धार्मिक स्थलहरुको भ्रमणलाई धार्मिक पर्यटकिय स्थलको रुपमा संचारशक्तिले अझ सशक्त बनाउनुनै नेपालको लागी हितकर हुन सक्छ । नेपालको धार्मिक वा सांस्कृतिक कूटनीतिक सम्बन्ध भारतसँग आफैमा अदभुत छ ।

मोदी नेपालमा धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीमा पर्छन् । उनी सन् २०१४ (२०७१ साल) मा पहिलोपटक प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए । यसबीचमा उनी चारपटक नेपाल आइसकेका छन् । जबकि त्यसअघि १७ वर्षसम्म कुनै पनि भारतीय प्रधानमन्त्रीले नेपाली भूमि टेकेका थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी २०७५ वैशाख २८ मा दुईदिने औपचारिक भ्रमण गर्ने क्रममा पशुपतिनाथ पुगेका थिए । त्यपछि मोदीले मधेसको जानकी मन्दिर पनि दर्शन गरे । हरेक वर्ष विवाह पञ्चमीका दिन भारतको उत्तरप्रदेशमा रहेको अयोध्यास्थित राम जन्मभूमिबाट जनकपुरमा जन्ती आउने र ‘सीता’ लाई अन्माएर लाने चलन छ । त्यसबेला मोदीलाई साथ दिन ओली जनकपुर पुगेका थिए । जनकपुर र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक प्रवर्द्धनका लागि रामायण सर्किट परियोजना सुरु गर्ने कुरा भएको थियो । सोहीअनुसार जनकपुरदेखि अयोध्यासम्म बस सेवासमेत सुरु गरियो । अर्कातर्फ नेपाल र भारतबीचमा बौद्ध धर्मसम्बन्धी ऐतिहासिक स्थान जोड्न बुद्ध परिक्रमा पथ (बौद्ध सर्किट) बनाउने गृहकार्य भएको थियो तर त्यसमा प्रगति छैन । मोदीको आसन्न भ्रमणले उक्त सर्किटलाई अघि बढाउन जोड दिने सम्भावना समेत लिइएको छ ।

Comment


Related News

Latest News

Trending News