अपडेट 
२०७९ जेष्ठ १, आईतवार ०७:५९

‘हात्ती हात्ती आयो, फुस्सा !’ अहिले पाँच दलीय गठबन्धनको अवस्था उक्त उखानजस्तै हुने हो कि ? एक्लै नेकपा(एमाले)ले सत्तारुढ दलका पाँच दलीय गठबन्धनसँग कडा टक्कर दिइरहेको देखिन्छ । यो स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादीे)केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका नेता प्रकाशमान सिँह, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको प्रतिष्ठा दाउमा परेको छ । काठमाडौं महानगरपालिकामा २०७४ सालको स्थानीयतहको निर्वाचनमा ७४ प्रतिशत मतदान भएको थियो भने यसपल्ट, मात्र ५२ प्रतिशतमा झरेको छ । तुलनात्मक रुपमा २२ प्रतिशत मतदान सङ्ख्या घट्नु एक चिन्ताको विषय हो ।

आखिर, किन काठमाडौंका हुन त, अहिले काठमाडौंको मतगणनातर्फ सवैको ध्यानकेन्द्रीत भए तापनि बौंद्धिकवर्गबीच मतगणना किन कम भएको सम्बन्धमा बहशले ठाउँ पाएका छन् । काठमाडौंका मतदाताले मतदानमा खुलेर चासो नलिनुमा कतै काँग्रेस र एमालेले उम्मेद्वारको छनोटमा गल्ति त गरेको होईन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो । पाँच दलीय गठबन्धनले प्रकाशमान सिँहकी पत्नी सिर्जना सिँहलाई उम्मेद्वार हुन् । लौंहपुरुष गणेशमान सिँहकी बुहारीसमेत रहेकी सिर्जनाको नेपाली काँग्रेसको सक्रिय राजनीतिमा खासै कुनै भूमिका नरहेको भन्दा अनुपयुक्त नहोला । पाँच दलीय गठबन्धनको वलमा परिवारवादलाई बढावा दिएको देखिन्छ । कतिपयले, नेपाली काँग्रेसको चौंधो महाधिवेशनमा अन्तिम समयमा देउवालाई सघाएकाले देउवाले प्रकाशमान सिँहलाई पुरस्कारस्वरुप उनकी श्रीमती सिर्जनालाई मेयरको उम्मेद्वार बनाएको चर्चा छ । काँग्रेस पार्टीमा एक दर्जनभन्दा बढी मेयर पदका लागि योग्य उम्मेद्वारलाई पन्छाएर नातावादको आधारमा सिर्जना सिँहलाई उम्मेद्वार बनाएले कतै काँग्रेसी विचारधाराका मतदाताहरु अधिकांस मतदाताहरु मतदानगर्न अभिरुची नदेखाएको चर्चापनि छ । अर्कोतर्फ, नेकपा(एमाले)ले पूर्वमेयर केशव स्थापितलाई मेयरका उम्मेद्वार हुन । जथाभावी बोल्ने गरेका कारण पटक पटक विवादमा पर्ने गरेका छन् । काठमाडौंका जनताले पार्टीका शीर्ष नेताहरुको उम्मेद्वार छनोटमा जनताको भावनाको मूल्याङ्कन नगरेको कारणले सम्भवतः कतिपय मतदाताहरु मतदानगर्न नचाहेको देखिएको हो ।

मतदान किन कम भयो भनने विषयभन्दा अहिले मतगणनातर्फनै केन्द्रीत हुनु उपयुक्त हुनेछ । मतगणनाको प्रारम्भिक तथ्याङ्कको आधारमा काँग्रेस र एमालेको उम्मेद् वारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेद्वार वालेन्द्र साह अगाडि छन् । यदि, स्वतन्त्र उम्मेद्वार साह काठमाडौं महानगरपालिकाबाट मेयरमा विजयी भयो भने गठबन्धनमाथि धेरै ठूलो धक्का लाग्ने छ । यसका साथै, गणेशमान सिँहको प्रतिष्ठापनि आँच पुग्नेछ । २०४८ सालको निर्वाचनमा काठमाडौंको पाँचवटा संसदीय क्षेत्रमध्ये गणेशमान सिँहकी पत्नी मंगलादेवी र छोरा प्रकाशमान कााग्रेसबाट उम्मेद्वार बनेका थिए । परिवारवादको विरुद्ध यस्तो लहर चल्यो कि काठमाडौंको सवै सिट पराजय भयो नै उपत्यकाको दस सिटमध्ये एक मात्र सिटबाट काँग्रेसको उम्मेद्वार निर्वाचित भएका थिएँ । जनताको मतलाई परिवारवादको विरुद्ध रुपमा लिनुपर्ने देखिन्छ । काठमाडौंका युवा मतदाताबीच यतिखेर, युवा उम्मेद् वार वालेन्द्र शाह लोकप्रिय भएका छन् । उनको बोल्ने शैली र काठमाडौं महानगरको सम्बन्धका कार्य योजनाबाट युवाहरु बढी आकर्षित भएका हुन् । मुलुकको ६ वटा महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको निर्वाचन परिणामतर्फ मुलुकको ध्यान तानेको छ । सवैभन्दा बढी चर्चामा रहेका भरतपुर महानगरपालिकामा यतिखेर, कडा प्रतिस्पर्धा देखिएको छ । सो महानगरपालिकाबाट प्रचण्डपुत्री रेणु दाहाल पुनः चुनावीमा उत्रिएकी छन् । यसअघि, २०७४को निर्वाचनमा काँग्रेसको समर्थनमा मेयर पदमा निर्वाचित भएकी रेणु अहिले पाँच दलीय गठबन्धनकी उम्मेद्वार हुन् । उहाँलाई जिताउनका लागि प्रचण्डले केही दिनअघि भरतपुरमा आयोजित एक सभामा रेणु नजिते मुलुक दुर्घटनामा पर्ने चेतावनी दिनुभयो । उहाँको सो अभिव्यक्तिको राष्ट्रियस्तरमै आलोचना भयो । अहिलेपनि प्रचण्डमा माओवादी जनयुद्ध धङ्धङी छदैँछ भनेर चर्चापनि हुन थाल्यो ।

भरतपुरमा विकासका कार्यका साथै जनतासँग राम्रो सम्बन्ध राखेको भए, आज रेणुलाई किन कुनै गठबन्धनको आवश्यकता पर्दथ्यो ? त्यहाँ नेपाली कााग्रेसका वागी उम्मेद्वार जगन्नाथ पौंडल वागी उम्मेद्वारको रुपमा छन् । विराटनगर महानगरपालिकाको उपमेयर पदमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्र अमरेन्द्र यादव गठबन्धनका उम्मेद्वार हुन् । आफ् ना पुत्रलाई जिताउनका लागि एकसातादेखि उपेन्द्र यादव विराटनगरमा व्यापक रुपमैं दौंडधुप गर्नुभएको हो । नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वारको रुपमा नागेश कोइराला हुनुहुन्छ । उहाँ डा. शेखर कोइरालाको निकटतम व्यक्तिमा पर्नुहुन्छ । विराटनगरको चुनावी लहर हेर्दा, दलगतभन्दा व्यक्तितर्फ झुकाव अत्यधिक देखिएको थियो । अहिले मतगणनाको प्रारम्भिक परिणामबाट नागेश कोइराला मेयर पदमा अगाडि छन भने उपेन्द्रपुत्र अमरेन्द्र एमालेकी उम्मेद्वार शिल्पा कार्कीसँगको प्रतिस्पर्धामा पिछडिएको छ । तर, अहिले मतगणना भइरहेको वडामा पहाडी समुदायको बाक्लो मतदाता छ । मधेशी समुदायको पकड भएको मतदाताको वडामा अमरेन्द्रले अत्यधिक मत पाउने विश्वास गरिएको छ । विराटनगर महानगरपालिकामा काँग्रेसको उम्मेद् वार नागेश कोइरालाविरुद्ध जसपाको वागी उम्मेद्वार र उपमेयरमा माओवादीकी वागी उम्मेद्वार नमिता न्योपाने उपमेयरका उम्मेद्वार हुन् । यी दुवै वागी उम्मेद्वारबीच आपसी तालमेल छ । जसपाकै वागी उम्मेद्वारको रुपमा बशुन्धरा झापनि चुनावी मैदानमा छन् । यसो हेर्दा अमरेन्द्र यादवलाई पार्टीभित्रको वागी र माओवादीका वागीको सामना गर्नुपरेको छ । पाँच दलीय गठबन्धनअन्तर्गत माओवादी केन्द्रको समर्थन अमरेन्द्र यादवलाइ पनि छ । तर, माओवादीको वागी बनेर नमिता न्योपाने उठेपछि अमरेन्द्रले माओवादी पक्षबाट पाउने मतमध्ये मुश्किल पाँच प्रतिशत पाउने सम्भावना छ ।

उता, बशुन्धरा झाले जति मत काट्ने हो, त्यो मतपनि अमरेन्द्र कै काटिने हो । उपमेयर पदमा महिला उममेद्वार हुनुपर्नेमा उपेन्द्र यादवले आफ्नै छोराले उठाएको चर्चाले पनि अमरेन्द्रलाई क्षति पुग्ने देखिन्छ । मधेश प्रदेशको प्रादेशिक राजधानी जनकपुरमा मेयर पदमा जसपाका उम्मेद्वार लालकिशोर साहको पराजय भएमा सो पार्टीलाई जवरदस्त झड्का लाग्नेछ । सो प्रदेशमा जसपाको नेतृत्वको सरकार छ र राजधानीमैं पार्टीको उम्मेद्वार पराजित भएमा यसको प्रतिकूल असर प्रदेशको राजनीतिमा निश्चित रुपमा पर्नेछन् । जनकपुरको जनताले पटक पटक लालकिशोरलाई उम्मेद्वार नबनाउन दवाव दिएपनि जनताको भावनामाथि जसपाका नेताहरुले बुलडोजर चलाएपछि जनताले मतको माध्यमबाट जवाफ दिएको रुपमा सम्झनुपर्छ । मधेश प्रदेशमा जसपालाई आफ्ना छवि जोगाउन मुश्किल देखिन्छ । २०७४को स्थानीयतहको निर्वाचनको परिणामलाई दृष्टिगत गर्दा, ७५३ वटा स्थानीयतहमध्ये एमालेले मेयरमा २९४, उपमेयरमा ३३१ र वडाअध्यक्षको ६ हजार ७४२ सिटमध्ये दुई हजार ५६० ठाउँमा जित हात पारेको थियो । काँग्रेसले मेयरमा २६६, उपमेयरमा २२३ र वडाअध्यक्षमा दुई हजार २८६ स्थानमा, माओवादीले मेयरमा १०६, उपमेयरमा १११ र वडाअध्यक्षमा एक हजार १०२ स्थानमा, सङ्घीय समाजवादी फोरम (हालको जसपा)ले मेयरमा ३४, उपमेयरमा ३२ र वडाअध्यक्षमा २६२ र राजपा (हालको लोसपा)ले मेयरमा २५, उपमेयरमा ३० र वडाअध्यक्षमा १९५ स्थानमा जितेको थियो । मधेश प्रदेशको १३६वटा सिटमध्ये काँग्रेसले मेयरमा ४०, सङ्घीय समाजवादी फोरमले २६ र राजपाले १९ स्थानको मेयरमा जितेको थियो । समग्रमा भन्नुपर्दा,२०७४को निर्वाचनमा मधेश आन्दोलनको कारण मधेशकेन्द्रीतलाई फाईदा भएको थियो । त्यस्तो अवस्थामा पनि मधेश प्रदेशमा सवैभन्दा ठूलो दलनै काँग्रेसनै बन्यो ।

अहिले राजपा विभाजित अवस्था छन् । अर्कोतर्फ जनमत पार्टीपनि कडा प्रतिस्पर्धामा छन् । स्थानीय तहको निर्वाचनमा जसपालाई प्रतिष्ठा जोगाउन मुश्किल देखिन्छ । पाँच दलीय गठबन्धनका नेताहरुमा के घमण्ड भयो भने आपूmहरुले जे निर्णय गर्छो, त्यसलाई कार्यकर्ताहरुले सरल ढङ्गले स्वीकार गर्छन् । जनतासाग विकल्प के छ र ? तर, चुनावी रुझानलाई हेर्दा जनताहरु विकल्पको खोजीका लागि तम्सिएका छन् । गठबन्धनको मुख्य उद्देश्य नेकपा(एमाले)लाई विस्थापित गरी एकछत्र शासन गर्नु नै थियो भन्दा अतिशयोक्ति नहोला । अर्कोतर्फ, अधिकांस नेताहरुलाई आफ्नै दलको मतको आधारमा जित्ने सम्भावना कम देखिएपछि गठबन्धनको राजनीतिका लागि दवाव बनाएको थियो । तर, गठबन्धनले उद्देश्यअनुरुप प्रतिफल दिनुपर्ने हो । कमसेकम ६ वटै महानगर र जनकपुर उपमहानगरपालिकामा गठबन्धका उममेद् वारहरुलाई निर्वाध रुपमा निर्वाचित हुनुपर्ने हो । यदि, गठबन्धका उम्मेद्हरु ति स्थानीयतहहरुमा पराजित भयो भने गठबन्धनको औंचित्यमाथि प्रश्न उठनेछ र धरापमा पर्ने प्रवल सम्भावना छ । अहिले मतगणनाको प्रारम्भिक परिणामको आधारमा पाँच दलीय गठबन्धनलाई नेकपा(एमाले) का उम्मेद्वारहरुले कडा टक्कर दिइरहेका छन् ।

‘अस्तु’ !

Comment


Related News

Latest News

Trending News