२०७९ जेष्ठ १, आईतवार ०८:०६

बर्दिबास । महोत्तरीका एक मतदान केन्द्रका निर्वाचन अधिकृतले ३ दिनको सहि गराएर १ दिनको भत्ता मात्र दिएको पाइएको छ ।

बर्दिबस नगरपालिका– ९ पशुपतिनगर स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रका अधिकृत दिनेश पाण्डेले ३ दिनको सही गराएर १ दिनको भत्ता दिएको छ । उक्त मतदान केन्द्रमा मसि लगाउन तथा पुरुष/महिला छुटियाउन खटिएकी अमिरकला सिंहलाई ३ दिनको सहि गराएर मात्र १ दिनको भत्ता दिएको छ । त्यस्तैगरी उक्तकेन्द्र मै खटिएका अन्य ३ जनालाई समेत १ दिनको भत्ता दिएको पाइएको छ । अमिरकला सिंह सहित खटिएका अन्य ३ जनालाई ३ दिनको नियुक्ति दिएको थियो अनि चारैजना संग सुरु दिन मै तीनै दिनको सही गराएको थियो । अधिकृत पाण्डेले निर्वाचनका दिन समय अभाव हुन्छ भनेर सुरु दिनमानै ३ दिनको सही गराएका थिए ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=2s

Comment


Related News

Latest News

Trending News