स्थानीय तहको निर्वाचन परिणामले मधेश केन्द्रित दलको अस्तित्व संकटमा परेको देखिएको छ ।
मधेश केन्द्रित दलका शीर्ष नेताहरुको मनोमालिन्य , स्वार्थ र शक्ति चलखेलले गर्दा स्थानीय निर्वाचनमा मधेश केन्द्रित दलको साख खस्किदै कांग्रेस, एमाले र माओवादीका उम्मेदवारहरू अग्रता लिएको देखिएको छ । मत परिणामले आधा दर्जनभन्दा बढी संख्यामा रहेका मधेस केन्द्रित दलहरूका उम्मेदवारलाई साखमाथि नै प्रश्न चिन्ह लागेको देखिएकाले दलहरूको अस्तित्व संकटमा परेको जानकारहरू बताउँछन् । विश्लेषक श्रीमननारायणका शीर्ष नेताहरूको आपसी अन्तरद्वन्द्व र मनोमालिन्यका कारण साख खस्किन पुगेको हो। जनता समाजवादी पार्र्टीले मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको मेयरमा राजेशमान सिंहलाई चुनावी मैदानमा उतारेको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका सिंहले आफ्नो अग्रतालाई फराकिलो पारेका छन् ।२०७४ मा तत्कालीन उनी राजपाबाट उम्मेदवार थिए। सिंहलाई एमालेका विजय सरावगीले पच्छ्याइरहेका छन्। लोकतान्त्रिक समाजवादी पार्र्टीले एमालेका उम्मेदवार सरावगीलाई समर्थन गर्दै उपमेयरमा आफ् नो उम्मेदवारी दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट जसपाले पुरानै अनुहारलाई अगाडि सारेको छ। मतगणनाको प्रारम्भिक मत गणनामा जसपाका लालकिशोर साहले बागी उठेका कांग्रेसका मनोजकुमार साहलाई पच्छ्याइरहेका छन् । साह निवर्तमान मेयर हुन् ।त्यस्तै, लोसपाका मनोज चौधरी चौथो स्थानमा छन् ।
वडा नं १ , २ ,३ र ४ को मत परिणाम साह र चौधरी र तमलोपाका विभा ठाकुरका लागि उत्साहजनक छैन् । वडा नं ५ को प्रारम्भिक मत गणनाको परिणाम पनि यी उम्मेदवारको पक्षतर्फ संकेत गरेको छैन । विश्लेषक नारायणका अनुसार शीर्ष नेताहरूको अन्तरद्वन्द्व र कलहका कारण मधेश केन्द्रित दलहरू कमजोर बनेका हुन् ,जनतासमक्ष मधेशका मुद्दा उठाउने प्रतिबद्धता अगाडि बढाउन नसकेकाकारण परिणामहरु मधेश केन्द्रित दलको पक्षमा देखिएको छैन । मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले अग्रता कायम गर्न नसकेका कारण लोसपा दलप्रतिको आशा सञ्चारमा अन्योलता मडारिन थालेको छ ।लोसपाले कतिपय स्थानीय तहमा एमालेसँग तालमेल गरेको छ। स्थान विशेषका आधारमा प्रमुख दलसँग गठबन्धन वा तालमेल गरेर उम्मेदवारी चयन गरे पनि परिणाम उनको पक्षमा देखिएको छैन । गठबन्धनसँग मिले पनि जसपाले अपेक्षा गरे अनुसारको लाभ लिन सकेन। एमालेसँग तालमेल गरे पनि लोसपाको अवस्था सबल छैन। पार्टी निर्माण र स्थायित्वका लागि स्थानीय तह महत्वपूर्ण मानिन्छ । सत्ता गठबन्धन गरेका कारण जसपाले मधेश राजनीतिमा एकल शक्तिको रूपमा उदाउने अवसर पाएको निर्वाचन परिणामले स्पष्ट गरेको छ । २०७४ को चुनावबाट मधेशका प्रमुख दलका रूपमा राजपा र संघीय समाजवादी फोरम उदाएका थिए। दुई दलबीच एकीकरणपछि जसपा बन्यो। तर, एकीकरण एक वर्ष पनि टिकेन। महन्थ ठाकुर समूहले लोसपा गठन गरे।
उपेन्द्र यादवको अध्यक्ष रहेको जसपा मूलधारको बन्यो। थुप्रै नेता मूलधारमै रहेका कारण स्थानीय तहमा लोसपा कमजोर देखिएको छ । विभाजन भएपछि कमजोर भएका मधेश केन्द्रित दलहरूले उम्मेदवार चयनमा समेत नातावादलाई प्राथमिकता दिए पछि जनता निराश हुन पुगेको विश्लेषक नारायणले स्पष्ट गर्दे भने ,जसपाका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रलाई विराटगर महानगरमा टिकट दिलाए। जसपाका नेता एवं पूर्वमन्त्री इस्तेयाक राईले भाइ कमरुद्दिनलाई नेपालगन्ज उपमहानरको उपमेयरमा टिकट दिलाए। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पत्नी जलेखालाई जसपाबाट पर्सा जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनाए। लोसपाका वरिष्ठ नेता शेखरकुमार सिंहले छोरा शतिस कुमारलाई तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा पुनः उम्मेदवारी दिलाएका दृष्टान्त हुन् । स्थानीय तहमा भइरहेको मतगणनाको प्रारम्भिक विवरणले मधेश केन्द्रित दलहरूको जनाधार विगतभन्दा खस्किएको देखिएको छ। नेपाल सदभावना पार्टी, राष्टिय सदभावना पार्टी, मधेस तराई फोरम, मधेसी जनअधिकार फोरम मधेस, नेपाल समाजवादी पार्र्टी लोहियावादी लगायतका पार्टीको अस्तित्व संकटमा छ ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=2s



