स्थानीय निर्वाचन जितेर विजय जुलुशमा सहभागी भएको भोलिपल्टै सप्तरीका एक नवनिर्वाचित जनप्रतिनिधि मृत फेला परेका छन् ।
सप्तरी जिल्लाको राजगढ गाउँपालिका–५ का ६९ वर्षीय राजेन्द्र सुतिहार शुक्रबार बिहान आफ् नो घरमा सुतिरहेकै ठाउँमा मृत भेटिएका हुन् । जसपा नेपालबाट वडा सदस्यमा निर्वाचित भएर अघिल्लो दिन साँझ सम्म विजय जुलुशमा सहभागी भएका सुतिहार घर फर्के पछि खाना खाएर सुतेका थिए र बिहान घरमा जाँदा ओछ्यानमै उनी मृत अवस्थामा फेला परेको परिवारजनले बताए । अध्यक्ष देवेन्द्र साहले विजय जुलुशमा निकै प्रसन्न देखिएका सुतिहारको निधनको खबरले चकित परेको बताए ।
वडा अधयक्ष साहले भने ‘बिहान अचानक मृत्युको खबर परिवारजनबाट सुन्दा छक्क परेको छँु ।’ जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी माधवप्रसाद काफ्लेले वडा सदस्य सुतिहार मृत फेला परेको घटनाबारे जानकारी आएको र यसबारे विस्तृत जानकारीको लागि प्रहरी सुतिहारको घर तर्फ गएको बताए ।
please subscribe our official youtube channel below and support us.

