अपडेट 
२०७९ जेष्ठ ८, आईतवार ०७:३९

केही ठाउँबाहेक स्थानीयतहको निर्वाचनको परिणाम सार्वजनिक भइसकेका छन् । यस निर्वाचनको माध्यमबाट कसले के पाए, के गुमाएभन्दा पनि मुलुकका मुख्य दलहरुले मनपरी ढङ्गले उम्मेद्वारको छनोट गरेमा जनताले मतमार्फत तिरस्कार गर्नेछन् भनेर स्पष्ट रुपमा सन्देश दिएका छन् । यस निर्वाचनमार्फत दलका शीर्ष नेताहरुलाई दम्भ नदेखाउनका लागि थोरबहुत दनक दिएको रुपमा सम्झनुपर्छ । शीर्ष नेताहरुले बल मिच्चाइ गरी कार्यकर्ताको मनोभावनालाई ख्याल नगरी मनपरी ढङ्गले उम्मेद्वार बनाउँदा कतिपय जित्ने स्थानमा पराजित हुनुपरेको छ । यसपल्टको निर्वाचनमा परिवारवाद, आफन्त र आसेपासेविरुद्ध जनताले मतदान गरेको देखिन्छ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतो र मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतलगायत परिवारवादको राजनीतिलाई प्रश्रय दिने नेताहरुका छविमा आघातपरेको छ । मुलुकको केन्द्रविन्दु काठमाडौं यतिखेर, स्वतन्त्र उम्मेद्वार बालेन साहले तहलका मचाएका छन् । बालेन साह मुलुकभर चर्चाको केन्द्रविन्दुमा छन् । वालेनले यतिखेर, राजनीतिक वृतमा भुकम्पनै ल्याइ दिएको रुपमा परिभाषित गर्न थालिएको छ । हुनुपनि स्वभाविक पनि हो । किनकी, मतगणनाको प्रारम्भिक चरणदेखि नै आफ्ना प्रतिद्वन्द्वीको तुलनामा झण्डै दोब्बर मतको बढ्त लिएको छ । अहिले काँग्रेस र एमालेले बालेनको जनसमर्थन देखेर अक्क न बक्कको अवस्थामा पुगेको देखिन्छ । यी दलको दम्भमाथि काठमाडौंका युवाहरुले बालेन नामक बुलडोजर चलाइ दिएको बुझ्नुपर्छ । शीर्ष दलका नेताहरुलाई के बुझ्नुपर्ने हो कि जनता जनार्दन हुन, भेडा होइन् । भेडाको हूँलमा एउटा भेडाले टोलीको नेतृत्व गर्छन् र अन्य भेडाहरु सो भेडाको पदचिह्नलाई पछ्याउँदै अगाडि बढ्छन् । अव, समयले कोल्टो फे¥यो, अव जनता भेडाको संज्ञा दिन मिल्दैन । जनता सजग हुन थालेका छन् । आफ्ना मतको महत्व बुझ्न थालेकाले दलहरुलाई सचेत हुन आवश्यक देखिन्छ । काँग्रेसले दर्जनो दिग्गजलाई पन्छाएर पूर्वमन्त्री प्रकाशमान सिँहकी पत्नी सिर्जना सिँहलाई उम्मेद् वार बनाएको थियो । पार्टीले जो कोहीलाई उम्मेद् वार बनाउन सक्छन्, यो ठूलो विषय होईन् ।

सो उम्मेद् वारलाई जनताले स्वीकार गरी जिताउने कुरा नै ठूलो हो । सिर्जना सिँहलाई राजधानीका मतदाताले अस्वीकार गरेको देखिन्छ । राजधानीको मेयर पद धेरै प्रभावशाली पद हो । त्यसकारण, यस पदको गरिमा राख्नका लागि तेज, तर्रार र सवै वर्ग समुदायलाई समेटिने सक्ने र राजधानीको छविलाई अन्तर्र ाष्ट्रियस्तरमा पु¥याउने खालको व्यक्तिलाई उम्मेद्वार बनाउनुपर्ने थियो । नेपाली काँग्रेसले जे गल्ति ग¥यो, त्यो त्यति ठूलो गल्ति पनि होईन कमसेकम स्वच्छ छविकी महिला उम्मेद्वारलाई चुनावी मैदानमा उतारेका थिए । एमालेले त पूर्वमेयर केशव स्थापितलाई उम्मेद्वार बनाए । बोल्ने बेलामा जे मन लाग्यो बोली दिने, कसैले प्रतिवाद गर्दा आक्रोसित हुने, अनुहार राम्रो तर थुतुनो राम्रो नरहेको जस्ता अभिव्यक्ति दिने व्यक्ति हुन् । स्थापितको विवादित बोलीले गर्दा मतदाताबीच नराम्रो सन्देश प्रवाह भएको देखिन्छ । परिवारवादको राजनीतिलाई बढावा दिने सूचीमा मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतले पनि आफ्ना नाम सूचीकृत गराउनुभयो । राउतले आफ् नी श्रीमती जुलेखा खातून र आफ्ना दुईजना स्वकीय सचिवलाई उम्मेद्वार बनाएका थिए । जनताले तीनैजनालाई पराजित गरे । मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा पर्साको जगरनाथ गाउपालिकाको उपाध्यक्षमा पराजित भइन् । सो क्षेत्रमा काँग्रेसकी उम्मेद्वार बविता सिँह विजय भईन् । खातुनलाई तेस्रो स्थानमा चित बुझाउनु पर्यो । धन्य, मतदाताले चित बुझाइ दिए, उहाँकी श्रीमान् मुख्यमन्त्री राउतजीले चित बुझाउन खोजेको भए, श्रीमतीजीको गनगन जीवनभर सुन्नुपर्ने थियो । मुख्यमन्त्रीको स्वकीय सचिव भएर तलवभत्ता खाने अनि चुनावको बेलामा उम्मेद् वारपनि बन्ने । अनि, गाउघरमा बसेर राजनीतीगर्नेहरु जीवनभर तालीमात्रै पड्काउने । मुख्यमन्त्री राउतको स्वकीय सचिव दीपक यादव पर्साको पटेर्वा सुगौंली गाउपालिकाको अध्यक्षमा भारी मतले पराजित भए, त्यस्तै, अर्का स्वकीय सचिव धनुषाको कमला नगरपालिकाको मेयर पदका उम्मेद्वार पशुपति यादव प्रतिस्पर्धा गर्दै पराजित भएका छन् । विराटनगर–१४मा जसपाका अध्यक्ष उपेन्द्र यादवको घर पर्छ, सो वडाको उहाँ मतदाता हुन् । त्यहाँबाट वडाध्यक्षमा जसपाका उम्मेद्वारलाई पराजित गर्दै एमालेका उम्मेद्वार विजयी भएका छन् । सो वडालाई जसपाको गढ भत्किएको रुपमा चर्चा हुन थालेको छ । अर्कोतर्फ, उपमेयर पदमा गठबन्धनको उम्मेद्वार उहाँका पुत्र अमरेन्द्र यादव पराजित भएका छन् । अधिकांस विराटनगरवासीले उपमेयर पदमा महिला उम्मेद्वार नदिई उपेन्द्रले छोरा अमरेन्द्रलाई उपमेयर बनाएर राजनीतिमा स्थापित गर्न खोजेको भनेर व्यापक चर्चा हुन थालेको थियो । मधेश प्रादेशिक राजधानी जनकपुर मधेश प्रदेशको राजनीतिको केन्द्रविन्दु हो । जनकपुरको मेयरको प्रभाव मधेशभर नै पर्छ ।

जनकपुरमा गठबन्धनको उम्मेद्वारको रुपमा जसपाका लालकिशोर साहको हार्ने सम्भावना देखिन्छ । लालकिशोरको हारको जिम्मेवारी कार्यकर्ताको टाउको थुपार्न मिल्दैन, अधिकांस कार्यकर्ताहरुले लालकिशोरलाई उम्मेद्वार नवनाउनका लागि नेतृत्व पक्षलाई पटक पटक सचेत गराउँदापनि जसपाका नेताहरुले कुन लोभमा उम्मेद्वार बनाएको भनेर प्रश्न उठ्नु स्वभाविक हो । पाँच दलीय गठबन्धनका नेताहरुमा के अभिमान भयो भने आपूmहरुले जे निर्णय गर्छो, त्यसलाई कार्यकर्ताहरुले सरल ढङ्गले स्वीकार गर्छन् । पाँच लट्ठीको गठबन्धनलाई कसले तोड्न सक्छ र । तर, जनताको हजारौं लट्ठीको सामुन्ने पाँच लट्ठी कतिबेर टिक्ने हो । जसपाका नेताहरुलाई थाहा थियो, लालकिशोर जित्दैन् । तापनि बुझपचाई गरी टिकट दिनुभित्रको रहस्य जसपालाई उजागर गर्नुपर्ने हो ।

निर्वाचन आयोगको कछुवा गति

मुलुकमा संविधान जारी भएपछि अहिलेसम्म निर्वाचन आयोगले दुई स्थानीयतह, एक प्रदेशसभा र एक संसदीय निर्वाचन सम्पन्न गरेको छ । दोश्रो स्थानीयतहको निर्वाचन गराउँदा बल्ल एउटा कुरा सिके छन् । स्थानीयतहको निर्वाचन तीन चरणमा होइन कि एक चरणमा सम्पन्न गर्न सकिन्छ भनेर । २०७४मा स्थानीयतहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । स्थानीयतहको निर्वाचन एक चरणमा गर्दा पनि छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ढङ् गले सम्पन्न भयो । यस स¥हानीय कार्यका लागि निर्वाचन आयोग, सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारीलाई धन्यवाद दिनुपर्छ । एक चरणमा निर्वाचन सम्पन्नगर्न सक्ने निर्वाचन आयोगले बढीमा जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने प्रतिबद्धता प्रकट गरेको थियो । सो निर्धारित समयभित्र कुनैपनि महानगर, उपमहानगरपालिकाको नतिजा घोषित हुन सकेन् । यसबाट के बुझिन्छ भने आयोगले पनि जनतालाई भ्रममा पार्ने कार्य गरेको छ । निर्वाचन आयोगले मतगणना कसरी छिटो सम्पन्न गराउने सम्बन्धमा ठोस प्रक्रिया किन अपनाएन ? मतगणनाको समयमा प्रत्येकपटक यस विषयमा चर्चा हुन्छ । निर्वाचन आयोगले आउँदो निर्वाचनमा देखिएका त्रुटिलाई सच्चयाउने भनेर प्रतिबद्धता प्रकट गर्छन् । त्यसपछि, कुम्भकर्णजस्तै निद्रामा सुत्छन् । अनि, अर्को निर्वाचनमा पनि पुरानै विधिलाई नै निरन्तरता दिन्छन् । मतगणनामा बढी समय खर्चिदा कार्यालयको कामकाजसमेत प्रभावित भइरहेका छन् । यस विषयमा निर्वाचन आयोगलाई जवाफ दिनुपर्ने होईन् र । निर्वाचन सम्पन्न भएको २४ घण्टाभित्र मतगणना कसरी सम्पन्न गर्ने विषयमा कार्ययोजना बनाउनुपर्ने होइन् र । यसपल्टपनि, व्यापक रुपमा मत बदर भएको छ । २०७४को निर्वाचनको तुलनामा बढी मत बदर भएको प्रारम्भिक अनुमान गरिएको छ । यसको जिम्मेवारी निर्वाचन आयोगलाई लिनुपर्ने हो ।

मतपत्र आकार ठूलो भएकाले चिह्न खोज्नमैं सोझासाझा मतदाता अलमलमा पर्छन् । त्यसपछि, जथाभावी छाप लगाउने गरिएको देखिएको छ । यस समस्याको समाधानको विषयमा आयोगलाई मतपत्रको आकार घटाउने विषयमा गम्भीर भएर सोच्नुपर्ने थियो । मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरुको छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको खण्डमा मतदान र मतगणना गर्नमा सजिलो हुने थियो ।

काठमाडौंमा बालेनको चमत्कार

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वार बालेन्द्र साहको युवामा नयाँ किसिमको छाप देखिएको छ । बालेन साह चुनाव जितेपनि न जितेपनि राजनीतिक दलका शीर्ष नेताहरुलाई मनपरी ढङ्गले निर्णय गरेमा जनताले मतदानमार्फतमा प्रतिशोध लिनेछ भनेर चेतावनी दिएको रुपमा पनि व्याख्या गर्न सकिन्छ । अहिले काठमाडौंमा बालेन्द्र साहले तहलका मच्चाएपछि सवैभन्दा बढी मनोवैज्ञानिक असर एमालेका उम्मेद्वार पूर्वमेयर केशव स्थापितलाई परेको देखिन्छ । उहाँको निद्राहरण पक्कै भएको हुनुपर्छ । नेपाली काँग्रेसकी उम्मेद्वार सिर्जना सिँहको पराजय भएको खण्डमा प्रकाशमान सिँहको प्रतिष्ठामा गम्भीर आघात पर्ने निश्चित छ । मुलुकको राजधानीमा स्वतन्त्र उम्मेद्वारप्रति खासगरी युवाहरुका जोशिलो समर्थन देखेर राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सञ्चार माध्यममा पनि चर्चा हुन थालेका छन् । वास्तवमा, प्रमुख दलका शीर्ष नेताहरुले जनताको मनोभावना नबुझिकन आपूmलाई मन पराएका व्यक्तिलाई बढी प्राथमिकता राखेको र विकास र वेरोजगारी समस्या समाधानका लागि गरेका प्रतिबद्धता पुरा नगरेपछि युवाहरु बढी आक्रोसित भएको देखिन्छ । सवैभन्दा बढी प्रबृद्धवर्गको बसाइ काठमाडौमा छन् । काँग्रेसले कतिपय योग्य व्यक्तिलाई पन्छाएर पूर्वमन्त्री प्रकाशमान सिँहकी पत्नी सिर्जना सिँहलाई उम्मेद्वार बनाएपछि सम्भवतः कतिपय मतदाताले यसलाई पचाउन सकेनन् । अर्कोतर्फ, नेकपा(एमाले)ले पूर्वमेयर केशव स्थापितले बोल्ने बेलामा होश गुमाउँदा पटक पटक विवादमा परेको व्यक्ति हुन् । उनले बालेन साहलाई काठमाडौंमा जन्मको शाह, ठकूरी हो सम्झेको थिए, तर उनी(बालेन) मधेशको ‘साह’ रहेछन् । मतदातालाई भड्काउनका लागि भनिएपनि काठमाडौंका मतदातामा सो कुराको उल्टै असर परेको देखिन्छ ।

उनलाई नेवार समुदाय र एमालेको मतमाथि विश्वास थियो । बालेनले एमाले र काँग्रेसको मत आपूmतिर तान्नमा सफल भएका छन् । बालेन साहको बोल्ने शैली र काठमाडौं महानगरको सम्बन्धका कार्य योजनाबाट युवाहरु बढी आकर्षित भएका हुन् । काठमाडौं महानगरपालिकामा २०७४ सालको स्थानीयतहको निर्वाचनमा ७४ प्रतिशत मतदान भएको थियो भने यसपल्ट, मात्र ५२ प्रतिशतमा झरेको छ । तुलनात्मक रुपमा २२ प्रतिशत मतदान सङ्ख्या घट्नु एक चिन्ताको विषय हो । आखिर, किन काठमाडौंका मतदाता मतदानगर्न उत्साह देखाएनन् भन्ने विषयमा तार्किक जवाफ शीर्ष दलका नेताहरुलाई नै दिनुपर्ने हो । हुन त, अहिले काठमाडौंको मतगणनातर्फ सवैको ध्यानकेन्द्रीत भए तापनि बौंद्धिकवर्गबीच मतगणना किन कम भएको सम्बन्धमा बहशले ठाउँ पाएका छन् । ‘अस्तु’ !

Comment


Related News

Latest News

Trending News