अपडेट 
२०७९ जेष्ठ ९, सोमबार ०७:४८

जनकपुरधाम । सरकारले घोष्णा गरेको दुई दिन विदा धनुषाको संस्थागत विद्यालयहरुले अवज्ञा गरेका छन् ।

सरकारको निर्देशन अवज्ञा गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि आइतबार विद्यालय सञ्चालन भएको छ । सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा हुने नियम यही हप्ताबाट कार्यान्वयन गरिएको छ । तर, सरकारको निर्णय कार्यान्वयन नहुँदै संस्थागत विद्यालय खुलेका छन् । संस्थागत विद्यालय महासंघ (प्याब्सन)ं मधेश प्रदेशका सचिव गणेश साहलेसमेत महेन्द्रनगरस्थित गंगोत्री इङ्गलि र्बोडिङ स्कुल सञ्चालन गरेको बताए । ‘अरुको विषयमा मलाई थाहा भएन् । मैले आइतबार विद्यालय सञ्चालन गरे,’उनले भने,‘अहिले भर्खरै नयाँ शैक्षिक सत्र शुरु भएको छ र सरकार पनि निर्णयबाट पछि हट्ने कुरा आइरहेको छ । त्यही भएर मैले विद्यालय सञ्चालन गरे ।’ यद्यपि प्याब्सन केन्द्रीय कार्यालयले साताको दुई दिने विदा लागु गर्न निर्देशन दिएको उनको भनाइ छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) का धनुषा अध्यक्ष अवधेश तिवारीले कोराना महामारीका कारण अस्तव्यस्त भएको शैक्षिक स्त्तर उकास्नका लागि धनुषामा निजी विद्यालय सञ्चालन भएको बताए । ‘कोरोना महामारीले विद्यालयमा निकै असर परेका कारण हामीले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छौं,’उनले भने,‘सातामै दुई दिन विदा दिँदा पाठ्यक्रम अधुरै हुन्छ । त्यसकारण सरकारले यो निर्णय गम्भीर हुनु पर्छ ।’ विदा घोष्णा भन्दा पहिले सरकारले पाठ्यक्रमको सारांश निकाल्न जरुरी रहेको उनको भनाइ छ । विद्यार्थीलाई बढी समय विद्यालयमा राख्ने सरकारले योजना ल्याउनुपर्ने उनको जोड छ । विद्यार्थीहरु विद्यालयमा बढी समय नहुँदा गलत बाटोमा लागेको उनको तर्क छ । ‘दुई वर्ष कोरोनाले अस्तव्यस्त भएको छ । विद्यार्थीको हितमा के गर्ने भन्ने योजना माथिबाटै बन्नुपर्छ,’उनले भने,‘शैक्षिक क्षेत्रमा दुई दिन बिदा मिलाउन कठिनाइ छ ।’ अहिलेको पाठ्यक्रमअनुसार पाठ्यभार कसरी पूरा हुन्छ भन्ने प्रस्ट नभइ विदा दिन सक्ने अवस्था नरहेको उनले औल्याए । संस्थागत विद्यालय सञ्चालन भए पनि सामुदायिक विद्यालय बन्द रहेको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय धनुषाका राजदेव यादवले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालय निर्णय मानेका छन् ।

please subscribe our official youtube channel below and support us

Comment


Related News

Latest News

Trending News