राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका–४ मा एक मतले पराजित भएका वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवारले मतगणनामा गडबडी भएको भन्दै पुनःगणना गर्ने माग गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. ४ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार कासिम अन्सारीले माग गरेका छन् । सोमबार राजविराज स्थित नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उनले मतदानमा खटाएका कर्मचारीले गडबडी गरेको आरोप लगाउँदै आफू अन्यायमा परेको दुखेसो पोखेका छन् । पाँचदिन अघि सम्पन्न् सो वडाको मतगणनामा उनी जनता समाजवादी पार्टी (जसपा) का दिनेश साहसँग एक मतले पराजित भएका थिए । साहले ३ सय ११ मत ल्याउँदा अन्सारीले ३ सय १० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणाममा उल्लेख छ । अन्सारीले मतगणा कार्य भइरहँदा आफ्नो प्रतिनिधिलाई समेत सहभागी नगराइएको जानकारी गराउँदै आफू न्यायका लागि अदालतमा जाने तयारीमा रहेको बताए । उनले मतगणनामा खटिएका कर्मचारीको बेवास्ता तथा विजयी घोषित गरिएका पक्षका प्रतिनिधिको दबाबमा परिणाम फरक भएको दाबी समेत गरेका छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=oBGajKBCosA



