२०७९ जेष्ठ १०, मंगलवार ०८:४५

जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिकामा मेयरका प्रत्याशी रहेका सबै उम्मेदवार हरुको वडामा फरक दलबाट अध्यक्ष जितेका छन् ।

मेयरमा निर्वाचित मनोज कुमार साहको वडा नम्बर १५ मा लोसपाका सन्तोष कुमार साह, प्रतिद्वन्दी एमालेका हिरा साहको वडा नम्बर १० मा स्वतन्त्र मिथिलेश कर्ण, लोसपाका उम्मेदवार मनोज चौधरीको वडा नम्बर ७ मा कांग्रेसका निरज कुमार साह, गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहको वडा नम्बर ८ मा एमालेका दिनेश साह, स्वतन्त्र उम्मेदवार बलराम महतोको वडा नम्बर १४ मा जसपाका पुण्यप्रताप यादवले जितेका छन् । जनकपुरधाम उपमहानगरमा जनमत पार्टीले अपेक्षाकृत मत ल्याउन सकेन् ।तमलोपाकी मेयर उम्मेदवार विभा ठाकुरको पनि जमानत जोगिएन् ।

जमानत जोगाउन चर्चित स्वतन्त्र उम्मेदवार बलराम महतो र जानकी राम साह पनि असफल रहे ।

Comment


Related News

Latest News

Trending News