अपडेट 
२०७९ जेष्ठ १०, मंगलवार १२:३३

आज पनि बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले भने देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

दिउँसोसम्म पानी नपर्ने तर त्यसपछि भने पहाडी जिल्लासहित मधेस प्रदेशका केही ठाउँमा समेत पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको छ । अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमी बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रिमनसुनका गतिविधि सक्रिय रहेकाले अबको केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News