अपडेट 
२०७९ जेष्ठ ११, बुधबार ०८:२१

अमेरिकाको टेक्सास राज्यमा एउटा स्कूलमा बन्दुकधारीले अन्धधुन्द गोली चलाउँदा स्कूले बालबबालिकासहित १८ जनाको ज्यान गएको छ ।

उभेल्डमा अवस्थित रोब एलिमेन्टरी स्कूलमा मंगलवार भएको घटनामा मारिनेमा तीनजना वयस्क र १५ जना बालबालिका रहेका छन् । ७ देखि १० वर्षका ती बालबालिकाहरु

२, ३ र ४ कक्षाका रहेका विबिसीले जनाएको छ । आक्रमणमा संलग्न १८ वर्षीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको नाम सल्भोडर रामोस रहेको टेक्सास राज्यका गभर्नर ग्रेग एबोट्सले बताए ।

उनले एआर १५ राइफल र हाते बन्दुक प्रयोग गरेको पाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् । घटनाप्रति दुख व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले निन्दा पनि गरेका छन् । अमेरिकाले कुनै पनि प्रकारका आतंकवादको समर्थन नगर्ने उनले प्रष्ट पारेका छन् ।

Comment


Related News

Latest News

Trending News