अपडेट 
२०७९ जेष्ठ ११, बुधबार १२:०३

सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ छ । सुनको मूल्य पछिल्ला तीन दिनयता एउटै मूल्यमा कारोबार भइरहेको थियो । साताको पहिलो कारोबार दिन आइतबारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । सोमबार र मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । जुन, आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । पछिल्ला तीन दिनयता स्थिर मुल्यमा खरिद बिक्री भइरहेको चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघकाअनुसार आज चाँदीको कारोबार मूल्य १२ सय ७५ रुपैयाँ छ ।

 

Comment


Related News

Latest News

Trending News