अपडेट 
२०७९ जेष्ठ १२, बिहीबार १३:२८

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेर ९७ हजार ८ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९७ हजार ७०० पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेरएक हजार २७० पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News