२०७९ जेष्ठ १२, बिहीबार २०:४७

महानगरपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुले खुलामंचमा सपथग्रहण गरेका छन् ।मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम लगायत महानगरका सबै जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ खुलामंचमा लिएका हुन । वीरगन्जको पुरानो बसपार्कको खुला पार्कमा बिहीबार साँझ आयोजित खुल्ला समारोहमा नगवरवासीको बिचमा नवनिर्वाचित मेयर सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको सपथ दिलाएका थिए ।त्यस लगतै नवनिर्वाचित उपमेयर इम्तियाज आलमलगायत सबै नवनिर्वाचित जनप्रतिनिहरुलाई पालो पालो गरेर मेयर सिंहले सपथ गराएका थिए ।

सपथग्रहण कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्रले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै शिक्षा तथा स्वाथ्यलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।अध्यक्ष यादवले आन्दोलन र ठुलो संघर्षपछि मुलुक सघीय लोकतानित्रक प्रयासमा गएको बताउदै स्थास्थ्य तथा शिक्षा नागरिक पहिलोअधिकार भएकोले त्यसलाई पहिलो प्राथमिकतामा राख्न सुझाव स्थानीय जन प्रतिनिधिहरुलाई दिएका थिए ।

शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री लालबाबु राउतले जनताले अपेक्षा राखे अनुसार वीरगन्ज महानगरको विकास नभएको अब आमुल प्ररिवर्तन गर्न सुझाव दिएका थिए ।उनले प्रदेश र संघीय सरकारले पनि स्थानिय निकायलाई प्रयाप्त वजेट दिने अधिकार भएकोले समन्वयका कमिले प्रदेश सरकारले वीरगन्जलाई आवश्यकता अनुसार सहयोग गर्न नसकेको बताउदै त्यमा विगतको जनप्रतिनिधिहरु दोसि भएको बताएका थिए ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको सपथग्रहण समारोहमा प्रदेशका मन्त्री ओम प्रकाश शर्मा , प्रतिनिधीस्भा सदस्यहरु, प्रदेशसभा सदस्यहरु , भारतीय महाबाणिज्य दुतावासका राजनैतिक कन्सुलर शैलेन्द्र कुमार ,राजनीतिक दलका जिल्ला अध्यक्षहरु , जिल्लाका सुरक्षा निकायका प्रमुखहरु ,सरकारी कार्यालयका प्रमुखका साथै वीरगन्जवासीको उल्लेख्य उपस्थिती रहेको ।

वीरगन्ज महानगरमा मेयर गठबन्धनबाट जसपाका सिंह , उपमेयर काँग्रेसका आलम निर्वाचित भएका हुन् । यस्तै महानगरका ३२ वटा वडा मध्ये जसपाले १३, कांग्रेसले ९, नेकपा एमालेले ८ र लोसपाले २ वटा वडामा वडाअध्यक्ष जितेको छ ।

Comment


Related News

Latest News

Trending News