बाराको अमलेखगंजका बासिन्दा बर्षौदेखि खानेपानीको अभावमा सास्ती खेप्न बाध्य भएका छन् । ज ी त प ु र िस म र ा उ प म ह ा न ग र प ा िल क ा क ा े अमलेखगञ्जमा वर्षायाममा फुट्ने स–साना पानीको मुहान पनि हिउदमा सुक्ने हुँदा सर्बसधारणहरुको दुख बढ्न गएको हो । पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरूको सधैंको बाध्यता बनेको छ । १ सय २३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता रहेको छ । खानेपानीको समस्याकै कारण स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसायीसमेत संकटमा पर्न थालेका छन् । स्थानीय तथा केन्द्रीय सरकार दुबैले चासो नदेखाएपछि बाध्य भएर खोलाको पानी नै खाने गरेको स्थानीय कृष्णबहादुर विकले गुनासो पोखेका छन् । चुरे पहाडकै फेदमा रहेको अमलेखगञ्ज वस्तीमा खानेपानीको समस्या र हाहाकार भएको हुनाले पानी संकलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो ।

