अपडेट 
२०७९ जेष्ठ १४, शनिबार १२:०४

भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।

लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बाेकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेकाे आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News