अपडेट 
२०७९ जेष्ठ १४, शनिबार १६:५४

कुषि विकास बैकं लिमिटेडद्वारा कृषिको समावेश रुपान्तरणको लागि मूल्य श्रृंखला (भिटा) कार्यक्रमको मधेश प्रदेशमा शुभारम्भ गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत कृषि विकास बैक लिमिटेडलाई कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आईएफएडी) ले ६ वर्षका लागि सहुलियत ऋृण उपलब्ध गराएको छ ।

महोत्तरीको वर्दिवासमा सम्पन्न शुभारम्भ कार्यक्रममा सरोकारवाला तथा स्थानीय कृषि क्षेत्रमा आबद्ध कृषकहरुलाई उक्त परियोजनाको बारेमा जानकारी गराईएको हो । कार्यक्रमका अध्यक्ष कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उक्त कार्यक्रमको लक्ष्य, उद्येश्य, उपेक्षित उपलब्धि, लक्षित समूह, लाभान्वित संख्या आदिको जानकारी गराउनुभयो ।

उक्त कार्यक्रमको लक्ष्य कृषि क्षेत्रको विकास मार्फत जीविकोपार्जन एवं पोषण अवस्थामा सुधार गरी आर्थिक वृदिमा टेवा पुर्याउने हो । उक्त कार्यक्रमको उद्येश्य गुणस्तरीय ग्रामिण वित्तिय सेवा मार्फत मुल्य श्रृंखलामा आधारित कृषि व्यवसायलाई बजारसंग जोडी नाफामूलक तथा प्रतिस्पर्धी कृषि उद्यमको विकास गर्ने रहेको छ ।

उक्त कार्यक्रमको लागि छनौट गरिएका आपूर्ति श्रृंखलाहरुमा संलग्न साना र सिमान्तकृत उत्पादक कृषकहरु, संकलक तथा प्रशोधनकर्तालाई लक्षित गरिएको छ । त्यस्तै, महिला ६० प्रतिसत, युवा ३० प्रतिसत एवं दलित, जनजाति लगायत पिछडिएका वर्गलाई पनि उक्त कार्यकर्मका लागि लक्षित गरिएको छ । साथै, सम्वन्धित आपूर्ति श्रृंखलाहरुमा आवद्ध लघु, साना र मझौला उद्यमी तथा ठुला व्यवसायीहरुलाई समेत उक्त कार्यक्रमका लागि लक्षित गरिएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश योजना आयेग मधेश प्रदेशका उपाध्यक्ष भोगेन्द्र झाले हालमा भारतले विभिन्न खाद्यान्न वस्तुमा निर्यात लगाउने निर्णय गरेकोलाई नेपालले समस्या भन्दा बढी अवसरको रुपमा लिन सके कृषि क्षेत्रमा उल्लेखनिय परिवर्तन हुन सक्ने बताए । उहाँले आफ्नै देशमा कृषि प्रति लगानि बढाउन आवश्यक रहेकोले सरकारले निती निर्माण र कार्यानवयनमा जोड दिई विदेशमा श्रमिक पठाउनको साटा आफ्नै देशमा कृषिमा लगानी लगाउन वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मधेष प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, मधेश प्रदशको अर्थ मन्त्रालयका सचिव, मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव, आई एफ ए डी का पारमर्शदाता श्याम बहादुर खड्का, कार्यक्रम संयोजक बाबुकाजी थापा, कृषि विकास बैंक लिमिटेड जनकपुरधाम प्रदेश कार्यालयका प्रदेश निर्देशक तिलक प्रधान, कार्यक्रम संचालक प्रेम प्रसाद खनाललगायका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

Comment


Related News

Latest News

Trending News