२०७९ जेष्ठ १४, शनिबार १७:५२
स्थानीय तहको निर्वाचनमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका-१ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्।
निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तर्घातको आरोप लगाएका छन् ।
एमाले परित्याग गरेका सबैले स्वतन्त्र भएर बस्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=O9G8Yeo_V04




