नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवले लोकतन्त्रको सच्चा पहरेदार नेपाली कांग्रेस रहेको बताएका छन् ।
महागढिमाई नगरपालिकाको नव निर्वाचित, उपमेयर, वडाअध्यक्ष एवम् सदस्यहरुले शपथ ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका उपसभापति यादवले मुलुकको हरेक परिवर्तनमा नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गरी देशलाई बचाउने गरेको स्मरण गरे । लोकतन्त्रलाई संस्थागत गर्ने, विधिको शासन कायम गराउन, सुशासनको प्रत्याभूति गराउने कामपनि नेपाली कांग्रेसको सरकारले नै गर्दै आएको उपसभापति यादवको भनाई रहेको थियो । नगरपालिकाका नवनिर्वाचित मेयर उपेन्द्र प्रसाद यादवले उप मेयर तारा देबी कानु सहित वडा अध्यक्ष र वडा सदस्यहरुलाई शपथ गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले जनताको आशा र भरोशालाई टुटन नदिने प्रतिवद्धता ब्यतm गरेका थिए । जनतालाई सुशासनको अनुभूति गराउदै नगरभित्रको प्रत्येक विद्यालयमा प्राविधिक शिक्षा लागु गरिने प्रतिवद्धता गरे । कार्यक्रममा कांग्रेस बाराका सचिव भैयाराम यादव, शिक्षक संघ बाराका अध्यक्ष परमहंस यादव, नेकपा एकीकृतका सुरेन्द्र यादव, जितेन्द्र तिवारी, नेकपा एमालेका मोतीलाल कुशवाहा, जसपाका मेयरका प्रत्यासी रामबाबु कुमार यादव, महागढिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद सेरे मुस्तुफा, शिक्षा शाखाका प्रमुख रामविश्वास चौरसिया, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहता लगायतले शुभकामना व्यतm गरेका थिए ।


