नेपाल अपाङ्ग सेवा संघ बाराको सातौँ अधिवेशनवाट गंगा प्रसाद वाग्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती गठन गरेको छ ।
समितीको उपाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गेल ,सचिवमा सुनिल कुमार यादब, सह सचिवमा कमला चौलागाई र कोषाध्यक्षमा शंकर प्रसाद दहाल सर्बसम्मत चयन भएको नेपाल अपाङ्ग सेवा संघ बाराका निबर्तमान अध्यक्ष धन प्रसाद बजगाँईले जानकारी दिए । त्यस्तै सदस्यहरुमा चन्दा कुमारी साह ,गोदावरी कुमारी साह ,रञ्जीता साह, सुधिर चौधरी, प्रयाग महतो, मोहनलाल पुडासैनी, जीतेन्द्रप्रसाद पटेल र रामानन्द साह सर्वसम्मत चयन भएको छ । अधिवेशन सुरु हुनु भन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुर सिमरा उपमहानगरपािलकाका नगरप्रमुख राजन पौडेलले गरेका थिए । नगर प्रमुख पौडेलले अपाङ्गहरुको बृद्धि ,बिकाश र हक ,हितको सवालमा उपमहानगरपालिका गम्भिर रहेको बताए ।
उपमहानगरपालिकाले अपाङ्गता सम्बन्धमा बनाउने ऐन, कानुन, कार्यक्रम र योजनामा अपाङ्गता संघको सल्लाह सुझाव लिने बताए । संघका अध्यक्ष धनप्रसाद बजगाइको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख भोला अधिकारी, नेपाली कांग्रेसका नगरसभापति छवी शर्मा, वडा नं १ का वडाध्यक्ष हिराबहादुर गुरुङ्ग, वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्री, वडा नं २ का वडा सदस्यहरु विशाल घिमिरे, लक्ष्मी विक, ढकाल, सिमरा कलेजका संचलक समितिका अध्यक्ष अच्युतदेव सिटौला, नेरामावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्य, डुमरवाना माविका अक्षय चौधरी लगायतको उपस्थिति रहेको थियो ।

