मलंगवा नगरपालिका वडा न–९ का कोरोना प्रभावित ७० घरपरिवारलाई बाख्रा वितरण गरिएको छ ।
स्विस सोलिडारिटी र आड्रा नेपालको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपाल हरिवन द्वारा संचालित कोरोना प्रभावित घरपरिवारका लागि सामाजिक र आर्थिक पुर्नलाभ परियोजना मलंगवाको वडा न–९ मा रहेका कोरोना प्रभावित घरपरिवारको आय आर्जनमा वृद्धि होस् भनेर ७० घरपरिवारमा प्रति घर २ वटाका दरले बाख्रा वितरण गरिएको वडा न–८ का वडाध्यक्ष चन्देश्वर रायले बताए । शनिवार श्रीमती कृष्णादेवी जनता माविको प्रांगणमा एक कार्यक्रमका बीच पीडित घरपरिवारलाई प्रमुख अतिथि नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बाख्रा वितरण गरेका छन् । कार्यक्रममा नगर प्रमुख यादवले कोरोना संकटको समयमा रोजगारी गुमाएर आर्थिक अवस्था कमजोर भइसकेका पीडित स्थानीयबासीहरुको पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्ने उद्देश्यले बाख्रा वितरण गरेर बागमती सेवा समाजले सराहनीय काम गरेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए । यसअघि मलंगवा नपा कै वडा न–१,२,३ र ६ मा पनि यसैगरी पीडित घरपरिवारलाई बाख्रा वितरण गरिसकेको आयोजक संस्थाले जनाएको छ ।

