अपडेट 
२०७९ जेष्ठ १५, आईतवार १९:०७

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाको बजेट ल्याएको छ ।

आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शमाले आर्थिक बर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड तथा अर्थात ४२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात २१ दशमलव २ प्रतिशत, बितिय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२ दशमलव ८ प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत रहेको अर्थमन्त्री शर्माले बताउनुभयो । बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड , विदेशी ऋण २ खर्ब ४२ अर्ब २६ करोड, २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री शर्माले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News