२०७९ जेष्ठ १६, सोमबार ०७:१७

सिम्रैनगढ नगरपालिकामा नेपाली कांग्रेस पार्टीबाट निर्वाचित भएका ८ जना वडाअध्यक्ष, २८ जना सदस्यहरुले शपथ पत्रमा प्रमाणित गर्न माग गरेका छन ।

नगरपालिकाको सभाकक्षमा आईतवार पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो माग गरेका छन् । मेयर किशोरी प्रसाद कलवारले कार्यपालिकाको हुने निर्वाचनमा आपूm अल्पमतमा पर्ने डरले कांग्रेसबाट निर्वाचितहरुलाई कार्यपालिकाको चुनावबाट बञ्चित गराउने उद्देश्यले शपथ ग्रहण गराएपनि नियतवस शपथपत्रमा सही नगरी प्रमाणित गर्न समेत आनाकानी गर्ने गरेको हुँदा आफुहरुले कानुन सम्मत हुनु पर्ने माग सहित मेयर कलवारलाई दवाव दिनका लागि पत्रकार सम्मेलनको आयोजना गर्नु परेको वडा नम्बर ४ का वडाअध्यक्ष अवधेश सहनीले बताए । मेयरबाट शपथ ग्रहण गरे, माला लगाए, दोसल्ला ओढे, झोला पाए, नास्ता समेत खाए तर, हामीलाई शपथ पत्रमा प्रमाणित गर्न किन आनाकानी गर्न थाले बुझन सकेन उनले भने । कहाँबाट जादुको छडी एकाएक चल्यो हामी आफै अनभिज्ञ रहेको वडाअध्यक्ष सहनीले बताए । हामी सिम्रौनगढको विकास चाहेका छौ, जनमतको कदर गर्न चहान्छौ, तपाईलाई ५ बर्षका लागि हामी मेयरपनि मानि सक्यौ तर किन आनाकानी भनेर उनले प्रश्न समेत गरेका थिए । उनले भने–‘मेयर साहेव तपाई छिटो भन्दा छिटो नेपाली कांग्रेसबाट निर्वाचित ३६ जना जनप्रतिनिधिहरुको शपथपत्रमा सही गरी कार्यपालिकाको चुनावको बाटो खोली दिनुस ।’

सिर्मौनगढको बिकास अन्यौल बनाउन, कर्मचारीहरुलाई त्रसित गर्न र जनताको भावनालाई खिल्ली उडाउदै जनमतको अपमान गर्ने नियतले विभिन्न बहनाबाजी गर्दै शपथ पत्रमा सही गर्न आनाकानी गर्दै आएको वडा नम्बर ९ का वडाअध्यक्ष रामएकवाल यादवको आरोप रहेको थियो । मेयरमा निर्वाचित भएपछि सबै पार्टीको मेयर बन्न कोसिस नगरी लोसपा पार्टीको मेयर बन्न कलवार खोजी रहेको वडाअध्यक्ष यादवको आरोप रहेको छ । स्थानीय तह सञ्चालन ऐनलाई समेत धज्जी उडाउदै शपथ पत्र प्रमाणित गर्ने कानुनी व्यवस्थालाई बर्खिलाप गरी मूल्य, मान्यता आदर्श समेत बिर्सी एकहोरो रुपमा मेयर कलवार अगाडि बढी नवनिर्वाचित जनप्रतिनिधिहरु बीच नै झै झगडाको वतावरण सृजना गराउन खाजेको वडा नम्बर ३ का वडाअध्यक्ष उजुल्लाह अंसारीले बताए । जेठ ११ गते नै हामी ३६ जनाले शपथ खायौ तर पनि नाटकीय रुपमा निर्वाचित वडाअध्यक्ष, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय प्रहरी प्रशासनलाई समेत जानकारी नगराई जेठ १३ गते शनिवार २ बजेका लागि शपथ ग्रहण गर्ने पत्र फेसबुक मार्फत सार्वजनिक गर्नुले पनि मेयर कलवारको नियतमा खोट रहेको प्रष्ट हुन्छ वडाअध्यक्ष अंसारीले भने । पटक पटक हार गुहार गरेपनि हाम्रो कुराको मेयर कलवारले सुनाई नगर्दा बाध्य भएर न्यायका लागि उच्च अदालत जनकपुर वीरगंजमा मुद्दा दर्ता गर्नुपरेको वडा नम्बर ५ का वडाअध्यक्ष शिवमंगल कुशवाहाले जानकारी गराए ।

सिम्र्रौनगढ नगरपालिकामा ११ वटा वडा रहेकोमा ८ वटा वडामा नेपाली काँग्रेसको वडाअध्यक्ष सहित ३६ जना , लोसपाबाट मेयर, उपमेयर र २ वडा वडाअध्यक्ष, सहित १६ जना सदस्य, एकीकृत समाजवादी पार्टीबाट १ जना वडाअध्यक्ष सहित ५जना निर्वाचित भएका छन । कार्यपालिकाको निर्वाचनका लागि जम्मा मतदाता ५७ जना रहेकोमा नेपाली कांग्रेसबाट नै ३६ जना रहेको हुँदा बहुमत देखेर मेयर कलवार तर्सेका छन वडा नम्बर २ का वडाअध्यक्ष अरबिन्द कुमारले आरोप लगाए । सिम्रौनगढमा विवाद सृजना भएपछि अर्को सूचना नभए सम्मका लागि निर्वाचन अधिकृतको कार्यालय सिम्र्रौनगढले सूचना जारी गरी कार्यपालिकाको निर्वाचन स्थगन गरिसकेको छ ।

Comment


Related News

Latest News

Trending News