अपडेट 
२०७९ जेष्ठ १७, मंगलवार ०७:३२

बम्बइ नगरको संक्षिप्त इतिहास

नगरको नाम पहिला बम्बइ थियो । तर अब यसलाई मुम्बइ भनिन्छ । यो यस्तो नगर हो जसलाई मानिसहरु माया नगरी पनि भन्ने गरेको पाइन्छ । वस्तुतः यो हो नै मायाको नगरी । यस ठाउँमा कति मानिसहरुको भाग्य यस्तो बन्यो कि धन, यस र नाम सबै कमाएर विश्व प्रसिद्ध भए र कतिले यस ठाउँमा आएर मटियामेट सम्म भए । त्यसो त सिंगापुर सदृश सम्पन्न एवं आकर्षक स्वरुप पाउन सबै क्षमता छ यसलाई । विलियम टिण्डलले ऋष्तथ या न्यमि भनेका थिए । यो नगर आधुनिक नगर लण्डन एवं पेरिशको समकक्ष उभ्याउन गरिएको पाइन्छ । यस ठाउँमा बैभवको अमार छ भने निर्धनताको पराकाष्ठा पनि देखिन्छ । चमचम गर्दै कारहरु र पाँचतारे होटलहरु छन भने निर्धन भन्दा निर्धन अति गरीबहरुका झोपड़ीहरु प्नि छन । देशका सबभन्दा ठूला औद्योगिक घरानाहरु टाटा, विड़ला एवं अम्बानीका मुख्यालयहरु प्नि यसै ठाउँमा छन । यसै ठाउँमा आफ्ना चमकले आँखालाई चौधियाइ रहने फिल्म उद्योगका स्टुडियोहरु निर्मित छन । यस ठाउँको इतिहास यस्ता अनेकौं उदाहरण प्रस्तुत गरेको छ जो मानिसहरु लोटा लिएर आएका थिए तर आफ्ना पुरुषार्थ एवं कौशलको बलमा सम्पन्नताको शिखरमा पुगे । मुम्बइ अरबसागरको किनारमा पर्छ । यो एउटा साना तिना गाउँ जो सात द्विपहरुको समूह थियो । यस ठाउँमा कोलीहरु बस्दथिए र माछा मारेर आफ्नो जीवनयापन गरी रहेका थिए । पछि मात्र यसको विकास भयो । यसको प्रारम्भिक अवस्थाको तुलना मलेशियाको भलक्का द्विपबाट गर्न सकिन्छ जो अब राम्रो समृद्ध शाली राज्यको रुपमा विकसित भै सकेको छ । यस नगरलाई पुर्तगालीहरु गुजरातका सुल्तानबाट जीतेका थिए र पुनः १६६१ ई.मा राजकुमारी कैथरिनको विहे चाल्र्स द्वितीयको साथ भएपछि दाइजो को रुपमा अंग्रेजलाई दिइएको थियो । त्यसपछि अंग्रेजले यसलाइृ इष्ट इण्डिया कम्पनीलाई १० पौण्ड वार्षिक रकममा पट्टामा दिएको थियो । जब अंग्रेजले आफ्नो कार्यक्षेत्र सूरतबाट सारेर मुम्बइ ल्यायो त्यस बेला देखि यसको विकास प्रारम्भ भएको मानिएको छ । र त्यो विकासको गति हालसम्म निरन्तर चलिरहेको छ । यस गाउँमा बन्दरगाह, वाणिज्य व्यापारको केन्द्रको निर्माण पश्चात आज यो देशको आर्थिक राजधानीको रुपमा स्थापित भएको छ । भनिन्छ मुम्बइको विकासमा पारसी एवं गुजरातीहरुको योगदान अति उच्च रहेको छ । यस नगरको नामको प्रसंग भनिन्छ यस ठाउँको मूल निवासीहरुको अधिष्ठात्री देवी यस ठाउँको मुम्बादेवीको नाममा यसको नाम मुम्बइ राखिएको तर पुर्तगालीहरु इसलाई द्यइःद्यब्क्ष्ब् बोम्बाइ भन्ने गथ्र्यो । यसैले यो बम्बइ भयो । यस मुम्बइलाई तीन भाग गरिएको छ – दक्षिण मुम्बइ, मध्य मुम्बइ र उत्तर मुम्बइ । दक्षिण मुम्बइ अत्यन्त महत्वपूर्ण भाग हो । यसै ठाउँमा नवी मुम्बइ क्षेत्र छ । क्षेत्र विस्तार गरिदैछ ।

मुम्बइ रातीको आँचलमा

रातीको कुरा गर्दा मुम्बइ सम्पूर्ण राती प्रकाशमा पूर्णतः नुहाएको देखिन्छ । भनिन्छ मुम्बइ कहिले पनि सुत्दैन । कुनै पर्यटकलाई मुम्बइको चमचम गर्दा रात्री आकर्षित गरी लिन्छ । जुहू बीचमा रातभरीजलसा चली रहन्छ, चना, भाजा, पानीपुरी, चाट आदि प्रशस्त पाइन्छ र भीड़भार कम हुँदैन । बंद्राको चकमक प्रकाश अतिमनमोहक हुन्छ । कार्टर रोडहोस चाहे अन्य सडकहरु क्ंकन वसुको भनाइ थियो कि यस प्रकाशको एउटै उद्देश्य छ सम्पूर्ण क्षेत्रलाई चमकाउदै रहनु । मुम्बइमा एक से एक महत्पूर्ण व्यक्तित्वहरुको वास छ । सबै प्रकारका मानिसहरुको वसोवास छ यस मुम्बइमा । भयंकर भन्दा भयंकर त्रासदीको सृजन ागर्ने डौनहरुको कार्यालयहरु छनत एक सेएक उद्योगपतिहरु, पत्रकारहरु, फिल्म उद्योगका हस्तीहरु र कलाकारहरु, विद्वानहरु, अपराधी, आतंकवादी, नेताहरु आदिका निवासहरु छन । तर यस ठाउँको नाइट लाइफको कुरा गर्दा भोज भात, पार्टी, प्रिमियर, रेडलाइटका क्षेत्रहरु, अपराधीहरुको क्षेत्र राति कृयाशील त हुन्छ नै । यसको अतिरिक्त सर्वसाधारण, कर्मचारी एवं विभिन्न क्षेत्रका मानिसहरुको आउ जाउ रही रहन्छ । रिक्सा, औटो, टैक्सी आदि यात्री वाहक वाहनहरुको साथै अन्य वाहनहरु चलि रहन्छन । एक पटक राजू श्रीवास्तवले भन्नु भएको थियो कि बम्बइ कुन हो त्यो बुझ्नलाई यदि त्यस्तो नगरमा पुग्यौं जहाँ चिया पसलहरु भन्दा बढी वियर वारहरु पाइयो भने त्यो नै बम्बइ हो बुझ्नुपर्छ । अर्थात मुम्बइ वियर वा वार वाताहरुको लागि नै प्रसिद्ध थियो । तर प्रशासनद्वारा यी वारहरु बन्द गरी दिएपछि यी वारवालाहरु दिल्ली आदि अन्य नगरहरुमा गएर सेक्स व्यापारमा लागेकी थिइन । सुकेतु मेहता आफ्नो पुस्तक ःबहष्mगmअष्तथस् द्ययmदबथ यिकत बलम ायगलम मा लेख्नु भएको छ कि कुनै चकमकबाट भरिएको रंगीन रातमा एउटा नृत्यरत वारवालालाई जसलाई उहाँले मोनालिसा भन्दा राम्रो लागेको थियो एकसय रुपैयाको नोट दिएपछि फिर्ता गरी उसले टेवुलमा आएर आफ्नो सम्पर्क नम्वर लेखाइन । त्यसको रहस्य के थियो होला ? एक पटक बम्बइ की सुप्रसिद्ध अभिनेत्री स्व.स्मितापाटिल भनेकी थिइन कि केही पाउनलाई केही न केही गुमाउनु पनि पर्छ । सुप्रसिद्ध लेखिका शोभाडेको उपन्यास स्टारी नाइटस पढ़ेपछि यो स्पष्ट भै हाल्छ कि ताराहरुले भरिएको रातमा मुम्बइमा के के हुन्छ । त्यसको सजीव चित्र यस उपन्यासमा चित्रित गरिएको छ । तर मुम्बइलाई सुप्रसिद्ध लेखक सल्मान रुशदी आफ्नो उपन्यास ःष्मलष्नजतुक ऋजष्मिचभल मा अमर बनाइ दिनु भएको छ । यसमा मुम्बइको वास्तविक चित्र प्रस्तुत गर्नु भएको छ ।

संजय गान्धी राष्ट्रिय उद्यान

यो उद्यान विशाल तर भव्य छ । सम्पूर्ण उध्यानमा पक्की सडक, बाघ, चितुवा, कोयल आदि पशुपंक्षीहरुबाट पूर्ण छ । उध्यानमा राखिएका बेंचहरुमा युवा युवतीहरुका जोड़ीहरु एक अर्काको बाहुपासमा विराजमान हेर्न सकिन्छ ।

जुहू बीच

यो मुम्बइको सुप्रसिद्ध समुद्री किनार हो । यस ठाउँमा सैकड़ो मानिसहरु पुरुष तथा महिलाहरु समुद्रमा स्नान गरी रहेको पाउन सकिन्छ । समूद्र किनारमा विशाल विशाल उच्चस्तरका होटलहरु एवं रिजोर्टहरु अवस्थित छन । रेष्टोरेन्ट पनि छन । युवा युवतीहरुको जोड़ीहरु प्रेमालापमा मग्न रहेको देख्न सकिन्छ । पाउभाजी, पकौडी, चाट आदिको बजार । पसलेहरु ग्राहकहरुलाइृ आफ्नो पसलतिर आकर्षित गर्न र बुलाएर भएपनि लग्न सबै पसेहरु बेहाल । यस ठाउँमा साँझ पख देखि भीड़ बढ़न थाल्छ । चना, चटपटे, खेलौनाको साथै चना, मुगफली आदि वेचनेहरु घुमी घुमी बेची रहेको पाइन्छ । यसै ठाउामा राधा रासविहारी मन्दिर पनि छ । यो भव्य एवं विशाल मन्दिर । दर्शनार्थीहरुको लागि पनि अत्यन्त सुव्यवस्था । यस मन्दिरका दर्शनार्थीहरुमा देशी एवं विदेशी पनि हुन्छन सबै भजन गाउदै नाच्दै मस्त रहन्छन ।

केही अन्य दर्शनीय स्थलहरु

मलाड़ नजीक गोरे गाँव छ जहाँ फिल्म सिटी छ । अंधेरीमा विमानस्थल छ, यो अन्तर्राष्ट्रिय विमानस्थल हो । मुख्य नगरमा प्राय टेम्पोको आवत जावत देखिदैन । आगर बजार क्षेत्रमा सुप्रसिद्ध सिद्धि विनायक मन्दिर छ । भव्य एवं) विशाल गणेशजीको यो मन्दिर अत्यन्त प्रसिद्ध एवं आर्थिक रुपले सुसम्पन्न मन्दिर छ । यस मन्दिरमा ठूला ठूला हस्तीहरु पनि आएर दर्शन गरी रहन्छन । समुद्रमा हाजी अलि मस्जिद छ जो ऐतिहासिक एवं चिताकर्षक पनि छ । समुद्रमा भएको यस मस्जिदमा पुग्न समुद्र किनारबाट पक्की सड़क निर्माण गरिएको छ । तर समुद्रमा ज्वार आएपछि मस्जिदसम्म जाने सडक जलमग्न भै हाल्छ । पुरानो मुम्बइमा महालक्ष्मी रेसकोर्स छ । यो रेस एवं खेलकूदको लागि प्रसिद्ध छ । यस ठाउँमा महालक्ष्मी मन्दिर छ जो समूद्रसँग टाँसिएर रहेको छ । यसै मन्दिरको नामले यस खेलकूदको स्थानलाई नामाकरण गरिएको बुझिन्छ । यो सबै भन्दा बढी प्रसिद्धि पाएको मन्दिर हो । यसमा आदि माता श्री महालक्ष्मी, श्री महाकाली र श्री महासरस्वतीका मुर्तिहरु स्थापित छन र महादशीमीको वखत भारी भीड़ लाग्दछ । मलावार हिलमा सरफिरोज शाह मेहता उदयान छ । यस उध्यानलाई हैंगींग गार्डेन पनि भनिन्छ । यो मुम्बइको सबभन्दा प्रसिद्ध उध्यान हो । यसको निर्माण सन १८८९ मा भएको थियो । यो त्यो स्थान हो जहाँ १८८० ई.मा मुम्बइको जल आपूर्ति हेतु तीन जलाशयहरुको निर्माण गरिएको थियो । यसै जाशयहरुको माथिबाट ६ देखि ३० इँच सम्म माटो पुरेर यो उध्यान लगाइएको छ । यसै कारणले यस उध्यानमा ठूलो रुख लगाइदैन । यस उध्यानमा झाड़ीहरुलाई काटेर हाथी, जिराफ, मोर, गाइ आदिका चित्रहरु दर्शाइएको छ । मेरिन ड्राइव मुम्बइको अत्यन्त प्रसिद्ध स्थान रहेको छ । यो १९२० ई.मा समुद्रबाट निस्केको भूमिमा अर्धवृताकार सडक निर्माण गरिएको छ । यसको एकापट्टी अरवसागर छ भने अर्को तर्पm वृटिशकालिन अट्टालिकाहरु हेर्न सकिन्छ । रात्रीकालिन जगमगाउदो प्रकाशमा त्तगभभलुक ल्भअपभिअभ भनिएको नामलाई सार्थक गर्दैछ । यसै ठाउँमा सडक छेउमा एयर इण्डियाको प्रधान कार्यालयको बुहमंजिला भव्य भवन छ । समुद्रको किनारमा नै न्बतभ धबथ या क्ष्लमष्ब नामका भव्य द्वार बनेको छ । किंगजार्ज पंचम र रानी मेरीको २ दिसम्वर १९११ ई.मा भारत आगमनको संस्मरणमा यस द्वारको निर्माण सन १९१४–१९१८ मा गरिएको थियो । पछि अंग्रेजहरुले यसलाई यसरी निर्माण गरेकि पानीजहाजबाट भारत आउने यात्री यसै मार्गबाट आओस । यसै ठाउँबाट एलिपैmन्टारकेभको यात्रा गर्न सकिन्छ । यसै नजीक ताजमहल होटल छ । यो भव्य एवं विशाल छ । यो प्राचीन पनि छ । यसै होटलमा केही वर्ष पूर्व पाकिस्तानी आतंकवादीहरु यसै ठाउँमा समुद्री बाटोबाट आएर आक्रमण गरेका थिए र यस क्षेत्रमा नै ठूलो आतंक मचाएको र ती आतंकवादीहरु मध्ये एक आतंकवादी अजमल कसावलाई समात्न सकेकोले पछि उसलाई फाँसी भएको जानकारी प्राप्त हुन्छ । चर्च गेट प्राचीन मुम्बइमा पर्दछ । यस ठाउँमा रेल्वे स्टेशन पनि छ । शिवाजी टर्मिनल एउटा भव्य रेल्वे स्टेशन छ । यस ठाउँमा अनवरत रेलको आवागमन भइ रहन्छ । केही वर्ष पूर्वसम्म यसको नाम विक्टोरिया टर्मिनल थियो । अब यो छत्रपति शिवाजी टर्मिनलको नामले प्रसिद्ध छ । मुम्बईको क्रोफोर्ड मार्केट अत्यन्त भव्य एवं विशाल छ । यसको चारैतिर अंग्रेजको समयको निर्माणहरु देखिन्छन । यो अंग्रेजको युगको निर्माणको जीवन्त कथा भनी रहेको पाइन्छ । मुम्बादेवीको मन्दिर मध्य मुम्बइमा पर्दछ यो मुम्बइको प्राचीन स्थान हो र यस ठाउँको आदिवासीहरुको यो अराध्यदेवीको रुपमा रहेको थियो । यही हो मुम्बइ नगरीको संक्षिप्त दर्शनीय स्थलहरुको परिचय ।

Comment


Related News

Latest News

Trending News