अपडेट 
२०७९ जेष्ठ १७, मंगलवार १७:४९

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८५ पिसिआर परिक्षणका क्रमा ८ जना र ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९१ जना निको भएका छन् । हाल ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News