अपडेट 
२०७९ जेष्ठ १८, बुधबार ०८:२१

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको निधन भएको छ । केकेको नामले प्रसिद्ध उनको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो ।

५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान रहेको पत्रकारहरूलाई जानकारी दिए ।

तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका थिए । यो लाइभ शो नजरुल मञ्चमा भइरहेको थियो। तर कार्यक्रमकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि उनी होटल फर्किए ।होटलका फ्यानले उनीसँग फोटो खिच्न आग्रह गरेका थिए । तर बिग्रिएको स्वास्थ्यका कारण उनले त्यसलाई अस्वीकार गरे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा पुर्‍याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।केकेले धेरै बलिउड फिल्मका लागि गीत गाएका छन् । ुउनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।

केके प्रख्यात गायक र संगीतकार किशोर कुमारका छोरा अमित कुमारसँग नजिक थिए। अमितकी पत्नी रीमा गांगुलीले फेसबुकमार्फत केकेको मृत्युको जानकारी दिएकी छन् ।​ केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News