अपडेट 
२०७९ जेष्ठ १८, बुधबार १९:१२

भारतीय आयल कर्पोरेसन(आईओसी)ले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको नयाँ मूल्यसूची नेपाललाई पठाएको छ ।

आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको बढेको नयाँ मूल्यसूची पठाएको हो। आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ। त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ। निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News