अपडेट 
२०७९ जेष्ठ १९, बिहीबार ०७:५७

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन(आईओसी)ले बुधवार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल र मट्टीतेलको मूल्य वृद्धि भएको उल्लेख छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीमा वृद्धि भएको मूल्य उल्लेख गरिएकोछ । आईओसीको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । तर खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको निगमले जनाएको छ । डिजेलको हकमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा , ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । नयाँ मूल्यसूची अनुसार डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनमा मूल्य समायोजन नेपाल आयल निगमले गरे मूल्य घटाउनु पर्ने देखिन्छ ।निगमले वृद्धि भएर आउने बितिकै बढाउने गरे पनि घटेर आउँदा समेत घटाउने गरेको छैन् ।घाटामा रहेको जनाउँदै भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले घटाएको कमै उदाहरण छ । निगम स्रोतका अनुसार नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा पुगेको छ ।निगमले यस अघिपनि झण्डै १५ रुपैया प्रति लिटर घाटामा बेचिरहेको थियो । स्रोतका अनुसार डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ घाटा नै छ । समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी पर्ने स्रोतको दावी छ । निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसैबीच निगमले जारी गरेको विज्ञप्तिमा १६ अर्ब रुपैयाँ आईओसीलाई तिर्न बक्यौता रहेको उल्लेख छ । निगमले जुन महिनाको लागि पहिलो किस्ताबापत १६ अर्ब र बाँकी बक्यौता १६ अर्ब गरी कुल ३२ अर्ब रुपैयाँ जुन ८ तारिखमा तिर्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको १० महिनामा करिब ४७ अर्ब नोक्सानी भइसकेको उल्लेख गर्दै निगमले असार मसान्तसम्म नोक्सानी ६० अर्ब पुग्ने अनुमान गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्ने र यथास्थिति रहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाइराख्न इन्धनको मूल्य लागत सरह नै कायम गर्नुपर्ने निगमले जनाएको छ । पछिल्लो समय भारतबाट प्राप्त मूल्यसूची अनुसार पाक्षिक नोक्सानी ३ अर्ब ७ करोड पुग्ने निगमको अनुमान छ । डिजेलको मूल्य प्रति लिटरमा १० रुपैया घटाएपछि नेपालको भन्दा भारतमा मूल्य सस्तो भएको छ ।भारतमा सस्तो भएपछि नेपालबाट डिजेल लिने सवारी साधनहरुको चाप सीमा क्षेत्रमा बढेको छ । हुनत भारतीय रुपैया कालोबजारमा खरिद गर्नुपर्ने भएको कारण भारतीय नागरिकको भन्दा केही महँगो पर्ने गरेको छ ।तर पनि भारतीय पेट्रोलपम्पहरुमा नेपाली सवारी साधनको चाप बढन थालेको छ । यस अघि नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएको बेला भारतीय सवारी साधनहरु इन्धन भर्न नेपाल आउने गरेका थिए ।भारत सरकारले केन्द्रीय कर पेट्रोलियम पदार्थमा घटाएसँगै मूल्य घटेको हो । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाउन सडकमा विरोध प्रदर्शन भइरहेको छ ।तर सरकारमाथि त्यसको कुनै असर देखिएको छैन् ।आम उपभोक्ताका लागि सरकारले पेट्रोलियम पदार्थमा लगाएका करमा कमी गरी मूल्य घटाउन सक्ने संभावना रहेको बताइन्छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News