अपडेट 
२०७९ जेष्ठ २०, शुक्रबार १५:१८

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला नाै सयले बढेर ९८ हजार ५ सय तोकिएको छ।

अघिल्लो दिन पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रहेकाे छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार १०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २९० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News