धनुषामा जरायोको सिंहसहित दुई जना पक्राउ परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित जरायोको सिंहसहित दुई जना पक्राउ परेको हो ।
महोत्तरीको महोत्तरी गाउँपालिका ३ वस्ने २० वर्षीय रितेश कुमार पाण्डे र जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर २४ का २० वर्षीय सोनु कुमार पाण्डे जरायोको सिंहसहित पक्राउ परेको प्रहरी नायव उपरीक्ष प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार सोनु शरीर र रितेश बोरामा लुकाई छिपाई र ाखेका थिए । उनीहरु जरायोको सिंह लिएर सशपाल साहको खाली जग्गामा मोटरसाइकल रोकी कुराकानी गर्दा गोप्य सुचनाको अधारमा पक्राउ परेको हो । उनीहरुले सिंह खरिद विक्री गरेको शंका पनि गरि एको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले उनीहरु सवार ज.९प.२७३ नम्बरको मोटरसाईकल, जरायोको सिंह र ातो खैरो रंगको दुई थान र एउटा काटिएको कालो रंगको जर ायोको सिंह बरामद गरेका थिए । पक्राउ परेका पाण्डेद्वय अहिले धनुषा प्रहरीको हिरासतमा छन् । प्रहरी कानुनी प्रकृया अगाडी बढाएको छ ।

