अपडेट 
२०७९ जेष्ठ २१, शनिबार १०:२३

विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर अहिलेसम्म मङ्कीपक्स सङ्क्रमणका ७ सय केस देखिएका छन् ।

मध्य तथा पश्चिमी अफ्रिकामा मङ्कीपक्स रोग तुलनात्मक रुपमा अझ धेरै फैलिएको छ । युरोपेली देश फ्रान्समा मङ्कीपक्सको पहिलो सङ्क्रमण मे महिनामा देखिएको थियो । त्यसयता फ्रान्समा ५१ जना सङ्क्रमित भएका छन् । सङ्क्रमित सबै पुरुष रहेका छन् ।

उत्तर अफ्रिकामा भने सङ्क्रमण सामान्य अवस्थामै छ । हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महसुस हुनु, हातखुट्टा र अनुहारमा राता फोका आउनु मङ्कीपक्स रोगका लक्षण हुन् ।

Comment


Related News

Latest News

Trending News