२०७९ जेष्ठ २१, शनिबार १७:२६

वीरगञ्ज स्थित भारतीय महावाणिज्यदुताले साइकल रैलीको आयोजना गरेको छ ।

भारतले मनाउदै आएको “आजादीको अमृत महोत्सव“को अवसरमा शनिकार महावाणिज्य दुतावासले साइकल रैलीको आयोजना गरको हो ।विश्व साइकल दिवसको दिन आयोजना गरिएको उक्त साइकाल रैलीमा दुतावासले दुइ प्रकारको साइकल रैलीको आयोजना गरेको थियो । नित्यसाइकल चालक समुहहरुको सहभागीतामा आयोजना गरिएको साइकल रैलीमा महावाणिज्यदूत नितेश कुमार, स्थानीय जनप्रतिनिधि, बीरगंज साइकल यात्री संघका सदस्यसहित २५ जना साइकल यात्रीको सहभागिता रहेको थियो ।जुन बिहान साढे ५ बजे भारतीय महावाणिज्य दुतावास परिसरबाट सुरु भई बाराको गढीमाई मन्दिर पुगेर फिर्ता भई ४० किलोमिटरको दुरी यात्रा तय गरेको थियो ।यसैगरि ७ बजे महावाणिज्यदुतद्वारा झण्डा देखाएर शुभारम्भ गरिएको साइकल रैलीमा स्थानीय प्रशासनका पदाधिकारी, पत्रकार, नागरिक समाजका सदस्य तथा वाणिज्य दूतावासका पदाधिकारी एवम कर्मचारीहरुको प्रतिनिधित्व गरी करिब १०० साइकल यात्रीको सहभागिता रहेको थियो । उक्त ¥याली महावाणिज्य दूतावासबाट सुरु भइ, पावर हाउस चोक, आइसिपिगेट, घण्टाघर, माइस्थान, आदर्शनगर, अलाखियामठ, पुरानो बसपार्क र घरिअर्वा पोखरी हुँदै फेरी वाणिज्य दूतावास पुगी समाप्त भएको थियो ।

वाणिज्य दूतावासद्वारा ६ महिनाको अवधिमा आयोजना गरिएको यो दोस्रो साइकल ¥याली हो । ¥यालीको उद्देश्य शारीरिक तन्दुरुस्ती र सन्तुलनको सन्देश फैलाउने र साइकल चलाउनु वातावरणमैत्री मात्र नभएर उत्कृष्ट व्यायाम र सस्तो यातायात पनि हो भन्ने सन्देश उदेश्यले आयोजना गरिएको उक्त रैलीले भारत र नेपालका जनताबीचको द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News