गरुडा । रौतहटको गरुडा नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन शनिवार सम्पन्न भएको छ ।
कार्यपालिका सदस्यहरु चुन्नको लागि भएको निर्वाचनमा सबभन्दा बढी नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेसबाट ३ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना गरी ८ जना निर्वाचित भएका छन् । पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट तीन जना गरी ८ जना कार्यपालिका सदस्यहरुको लागि शनिवार गरुडा नगरपालिकाको कार्यालयमा मतदान भएको थियो । निर्वाचनमा एमालेबाट महिला सदस्यहरुमा धनमन्ती देवी, मन्जु देवी, रजिया देवी र पुरुष सदस्य तर्फ ध्रुव साह कानु निर्वाचित भएका छन भने नेपाली कांग्रेसबाट महिला सदस्यमा पुनम देवी राम तथा पुरुष सदस्यमा जयनारायण बैठा र संजिव प्रसाद साह निर्वाचित भएका छन त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना महिला सदस्यमा इस्लामु देवी विजयी भएकी छन ।
निर्वाचनमा मेयर कन्थमनी प्रसाद जयसवाल, उपमेयर पुनम कुमारी चौधरी, नवौं वडाका वडा अध्यक्ष र सबै सदस्यहरु भाग लिएकाले पुरै सय प्रतिशत नै मत खसेको निर्वाचन अधिकृतको कार्यालय गरुडाले जनाएको छ । यसैबिच माधवनारायण, गढिमाई लगाएत नगरपालिकाको पनि कार्यपालिका सदस्यहरुको निर्वाचन आइतवार हुन लागेको छ । रौतहटमा अहिलेसम्म चारवटा पालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचन सम्पन्न भइसकेको छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन धमाधम कार्यपालिका सदस्यहरुको निर्वाचन हुन थालेको छ ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=JP8zjhCGtqE


