२०७९ जेष्ठ २२, आईतवार ०८:००
वीरगञ्ज । नेपालको मुख्य प्रवेशद्वारको रुपमा चिनिने शंकराचार्य गेट अगाडि राखिएको नेपालको राष्ट्रिय झण्डा अंकित फ्ल्याग टावर ढलेको छ ।
शनिवार राति आएको हावाहुरीले टावर ढलाएको हो । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफ्नो संसदीय विकास कोषबाट गएको २०७७ साउनमा टावर स्थापना गराएका थिए । भारत तथा तेस्रो मुलुकबाट आउने आगन्तुक तथा पर्यटकलाई देशको पहिचान देखाउन स्वागतद्वार अगाडि नेपाली राष्ट्रिय झण्डासहितको टावर स्थापना गरिएको थियो ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=JP8zjhCGtqE


