२०७९ जेष्ठ २२, आईतवार ०८:२६

रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको छ । रेग्मीका अनुसार बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको रेग्मीको भनाइ छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=JP8zjhCGtqE
video source : facebook page : siraha city

Comment


Related News

Latest News

Trending News