२०७९ जेष्ठ २३, सोमबार १७:५७
भावी पुस्ताको फाइदाको लागि रूख नाराका साथ वीरगन्ज स्थित भारतीय महाबाणिज्य दुताबासले विश्व वातावरण दिवस एक कार्यक्रम गरि मनाइएको छ ।
भारतले मनाइरहेको आजादीको अमृत महोत्सवको अवसरमा महावाणिज्य दुतावासले रक्सौलमा रहेको बंगलोमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पर्सा जिल्लाका प्रदेश सभासदस्य, वीरगन्ज महानगरपालिकाका मेयर, भारतीय भन्सारका उपायुक्त, भारतीय भूमि बन्दरगाह प्राधिकरणका प्रबन्धक लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । विश्व वातावरण दिवसको उत्सवले भावी पुस्ताको फाइदाको लागि रूख रोपेर वातावरण संरक्षण तथा सुरक्षा गर्ने कार्यक्रमका सहभागीताहरुले बताएका थिए ।

