जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीब्र धर्म परिवर्तनका कारण नेपालको अस्तित्व संकटमा रहेको बताएका छन् ।
देश व्यापरीक रुपामा राप्रपा नेपालले सञ्चाल गरेको ‘ जनता माझ राप्रपा नेपाल’ अभियान अन्तर्गत जनकपुरधाममा सोमवार एक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापा यस्तो धारणा राखेका छन् । अन्य देशको तुलनामा धर्म परिवर्तनको खेल नेपालमा तीव्र रुपमा भईरहेको भन्दै अध्यक्ष थापाले भने–‘आर्थिक, सामाजिक तथा रोजगारी सहितका प्रलोभन दिएर धर्म परिवर्तनको खेल भईरहेको छ । तर यहाँका नागरिक समाज, वुद्धिजीवी आधुनिक विरोधीको बिल्ला लाग्ने डरले त्यसको विरुद्धमा बोल्न सकिरहेका छैनन् ।’ धर्म परिवर्तन गराएर नेपालको सामाजिक, सांस्कृतिक, धर्ममाथि आक्रमण भईरहेको अध्यक्ष थापाले दावी गरे । जातीय पहिचानको मुद्दा विभिन्न राजनीतिक दलहरुले उठाएपनि धर्म संस्कृति माथि दिनु हुँ भईरहेको आक्रमण विरुद्ध कुनै चासो नदेखाएको अध्यक्ष थापाले टिप्पणी गरेका थिए । शिक्षा, व्यापार, स्वास्थ्य सवै क्षेत्रमा राजनीतिकरण भएपनि त्यसको विकास हुन नसकेको उल्लेख गर्दै अध्यक्ष थापाले भने–‘ जव सम्म यी क्षेत्रको विकास हुँदैन तव सम्म देशको विकास सम्भव छैन ।’ तत्कालिन राप्रपामा सैद्धान्तिक विचलन देखिएको आफूले नयाँ पार्टी दर्ता गराएर अगाडि बढेको अध्यक्ष थापाले बताए । मुलुकमा रहेका विभिन्न पार्टीभन्दा आफ्नो पार्टी फरक, पृथक रहेको उनले दावी गरे । देशमा राजतन्त्र र राज संस्थाको आवश्यकता नरहेको बताउदै अध्यक्ष थापाले यी मुद्दा छाडेको खण्डमा अझैपनि राप्रपासँग एकता हुन सक्ने बताए ।

