२०७९ जेष्ठ २४, मंगलवार १०:३४

सप्तरीमा ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका नेताको मृत्यु भएको छ ।

ठक्करबाट एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको मृत्यु भएको हो । सोमबार राती सप्तरीको खडक नगरपालिका वडा न ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना ६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिदाँ उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौधरी सुरुंगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट चुनाव लड्नुभएको थियो । घटनापछि आक्रोसित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News