अपडेट 
२०७९ जेष्ठ २४, मंगलवार १२:११

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Comment


Related News

Latest News

Trending News