अपडेट 
२०७९ जेष्ठ २५, बुधबार ०७:२७

बारा । बारामा तीन अर्बको लगानीमा सवारीसाधन एसेम्बल उद्योग स्थापना हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.११ मा एलपी ग्यास तथा पेट्रोलियम व्यवसायी शिव घिमिरेले तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खोल्ने तयारीमा जुटेका छन् । हाल तारो र मोटरहेड ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आइरहेका घिमिरेले देशभित्रै दुईपांग्रेदेखि ६ पांग्रेसम्मका विद्युतीय र पेट्रोलियम गाडी एसेम्बल गर्न थालेका हुन् । प्लान्ट स्थापना गर्ने गरी यही जेठ १७ गते एसजी अटोक्राफ्ट प्रालि उद्योग विभागमा दर्ता भएको छ । आफ्नै ३२ बिघा जग्गामा गाडी एसेम्बल देखि अन्य उद्योगहरू सञ्चालनमा ल्याउने घिमिरेको तयारी छ । एसेम्बल उद्योगमा लगानीकर्ता भित्र्यिाएर निकट भविष्यमै प्लान्ट निर्माण गर्ने उद्योगको योजना रहेको छ । उद्योग सञ्चालनमा आउँदा करिब ५ सय जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News