जनकपुधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले मधेशको मुद्दा सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आठ बुंदे मधेश मुद्दा सम्बोधन गर्न सरकारसँग उनले आग्रह गरेका छन् । थापा आइतबार मधेश प्रदेशका अगुवा कार्यकर्ता भेलामा सहभागी हुन जनकपुरधाम आएका थिए । भेलामा आठ बुंदे मधेशको माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएको सन्तानलाई नागरिकता दिनुपर्ने, जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीमा सूचीकृत गर्नुपर्ने, बाराको निजगढमा अन्तर्राष्ट्रिय विमान स्थल बन्नु पर्ने र हुलाकी राजमार्गको काम चाँडो सक्नु पर्ने सरकारसँग माग गर्ने निर्णय गरिएको छ । पेट्रोलियम पर्दाथको मूल्य वृद्धि विरुद्ध नियमित अवाज उठाउने माग गरिने बताइएको छ । यस्तै, भेलाले प्रत्येक जिल्लामा संगठन विस्तार गर्ने संकल्प गरेको छ । जिल्ला कार्य समितिलाई तुरुन्तै पूर्णता दिइने, असार मसान्तभित्र जिल्ला स्त्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र भदौ मसान्त सम्म सबै पालिकामा पार्टी इकाई कमिटी गठन गर्ने निर्णय गरेको छ । उनले हिन्दू राष्ट्र र राष्ट्रियता प्रति एकताबद्ध हुन सबैलाई आग्रह गरेका छन् ।

