अपडेट 
२०७९ जेष्ठ २५, बुधबार ०७:४८

जनकपुरधाम लगायत यस क्षेत्रमा आँपको मूल्य आकाशिएको छ । जनकपुरधामको फलफूल बजारमा दैनिक १५ देखि २० टन स्वदेशी आँप बिक्री भएपनि बाहिरवाट आयात गर्नुपरेको व्यापारीहरुको गुनासो छ ।

स्वदेशी आँपले अपुग भएपछि आफूहरुले भारतीय बजारवाट आँप मगाउन बाध्य रहेको बताउँछन् । नेपालका विभिन्न क्षेत्रवाट आयत गरी जनकपुरधाम बजार क्षेत्रका साथै काठमाण्डु, पोखरा, धरान, विराटनगर र वीरगञ्जमा समेत निर्यात हुँदै आएको जनकपुरधाम फलफूल व्यवसाय संघका महासचिव भुवनेश्वर पुर्वेले जानकारी दिए । प्रदेशका सप्तरी, सिरहा, महोतरी र धनुषाका विभिन्न स्थानमामा उत्पादन हुने आँपहरू संकलन गरी पकाएर दैनिक २० टनभन्दा बिक्री गर्दै आएको उनले बताए । तर, माग समेत त्यो भन्दा बढी रहेको उनले बताए । देशका विभिन्न स्थानमा १६/१७ टन र जनकपुरधामको वरिपरि बजारमा ३/४ टनभन्दा बढी बिक्रीका लागि पठाउने गरिएको महासचिव पुर्वेले बताए । नेपालमा सबभन्दा बढी सप्तरीको कंचनपुर, महुली कदमाहा, कुशहा, कठौना, सिरहाको मिर्चैया, लहान, भगवानपुर, कल्याणपुर, महोतरीको बर्दिबास, माइथान, टुटेश्वरनाथ र धनुषाको विरेन्द्र बजार, ढल्केवर, गोदारलगायतका ठाउँमा उत्पादन हुँदै आएको उनले बताए । जनकपुरधाम बजारमा हाल ४० देखि एक सय रुपैयाँसम्म खुद्रा मूल्यमा आँप बिक्री हुँदै आएको छ । कलकतिया, बिजु ४० रुपैयाँ, माल्दह किसुनभोग ५०/६० रुपैयाँ, गुलाबखास, जर्दा, दसहरी ६०/७० रुपैयाँ र बम्बई १०० रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आएको उनको भनाइ छ ।

तर सोही आँप काठमाडौँ, पोखरा, धरान र विराटनगरमा डेढदेखि दोब्बर मुल्यसम्म बिक्री हुँदै आएको छ व्यवसायीहरूले उत्पादक किसानसँग किनेर ल्याएको मुल्यभन्दा दोब्बर दरमा थोकमा बिक्री आएका छन् । उनीहरूले किसानबाट २० रूपैयादेखि ४०/५० रूपैयासम्म कच्चा आँप किनेर ल्याउने गरेका छन् । तर प्राविधिक व्यवस्थापन र उचित तालिमको आभावले गर्दा ज्यादा संख्या कुहिने डरले दोब्बर बढी दरमा बिक्री गर्नु परेको महासचिव पुर्वेले बताए । कोल्डस्टोर अभावमा अत्यधिक संख्यामा आँप कुहिएर नष्ट हुने गरेका कारण महँगो दरमा बेच्नुपर्ने बाध्यता रहेको उनले सुनाए । महासचिव पुर्वेले भने संस्थागत वा सरकारीस्तरबाट आँप पकाउने तालिम वा प्रविधि उपलब्ध नगराएका कारण परम्परागत रूपमा कारबाईटबाट नै पकाउने गरेको बताए । यसो गर्दा आधाभन्दा बढी नष्ट हुने गरेको उनको भनाइ छ । यी समस्या बाहेक व्यवसायी ट्राफिक समस्याले हैरान छन्। गाउँबाट आँप खोजेर ल्याउँदा बाटोमा ट्राफिक प्रहरीले दुःख दिने गरेको उनको भनाइ छ । प्रत्येक चेकजाँचमा ओभरलोडिंग भयो भन्दै प्रति ट्रक र टिपरमा ५ सय रूपैया लिने गरेको उनले सुनाए । भारत र बंगलादेशलगायतका देशबाट आँप व्यवसायका लागि आयात गर्नुपर्थ्यो । तर अहिले केही मधेशकै विभिन्न जिल्लामा उत्पादन बढेपछि आयातमा निकै कमी आएको व्यवसायीहरू बताउँछन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News