जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विकासका लागि फुटेर होइन जुटेर एकतावद्व हुन आहवान गरेका छन् ।
बुधबार जनकपुरधाममा प्रेस मञ्च धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले लोसपाका नेताहरुलाई अगामि निर्वाचनमा पुनः एक भएर अगाडि बढ्न प्रस्ताव गरेका छन। उनले लोसपालाई एकताका लागि कुनै पनि बेला स्वागत गर्न तयार रहेको बताए छन ।
त्यस्तै, अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीसमेत त्रुटीपुर्ण रहेको बताए । उनले समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटीपुर्ण रहेको दावी गर्दै गलत प्रणालीका कारण नै निर्वाचन अत्यधिक खर्चिलो रहेको जिकिर गरेका छन् ।संसदको निर्वाचन क्षेत्र निर्धारण भएको समयमा मधेसको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ४६ प्रतिशत रहेको र सोही अनुसार संघीय निर्वाचन क्षेत्र निर्धारण भएको उनले बताए ।
विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र जातिवाद, पावरको कुनै स्थान नरहेको भन्दै उनले नेपाल जस्तो गरिब मुलुकमा विकृतिमुलक र महगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठने खतरा बढ्दै जानेलगायतका समस्याहरू रहेको उनले बताए ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s

