अपडेट 
२०७९ जेष्ठ २५, बुधबार १५:३०

अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतमा आतंककारी हमला गर्ने धम्की दिएको छ ।

पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस) समूहले गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको हो ।

६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ । ‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको उल्लेख छ ।

१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् । बहसमा उनले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेकी थिइन् ।

उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला  भाजपाका अर्का नेता नविनकुमार जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेका थिए । विरोधपछि उक्त ट्वीट उनले हटाएका थिए ।

सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निस्काशन गरेको छ ।

Comment


Related News

Latest News

Trending News