२०७९ जेष्ठ २६, बिहीबार ०७:४३

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी चुनावमा फुटेर नभै जुटेर जान लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लाई आग्रह गरेका छन् ।

जनकपुरधाममा बुधवार पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले लोसपाका नेताहरुलाई आगामी निर्वाचनमा पुनः एक भएर अगाडि बढ्न प्रस्ताव गरेका छन । उनले लोसपालाई एकताका लागि कुनै पनि बेला स्वागत गर्न तयार रहेको बताए । लोसपासित गठबन्धन र एकता दुबैका लागि खुल्ला भएका अध्यक्ष यादवले भने, आगामी चुनावसम्म हालको सत्तासीन गठबन्धन कायमै रहने छ । गत वर्ष जसपाबाट फुटेको लोसपाले स्थानीय चुनावमा अपेक्षित सफलता हासिल गर्न सकेन् ।जसपाले स्थानीय तहमा अपेक्षित सफलता हात पार्न नसके पनि सम्मानजनक अवस्थामा रहेको छ ।तर केन्द्रमा केही नेताहरुले विभाजनको आन्तरिक प्रयास गरिरहेको बेला अध्यक्ष यादवले लोसपालाई मिलेर चुनावमा जान आग्रह गरेका हुन् । सत्तासीन गठबन्धन टुट्न सक्ने आशंकाहरु भइरहेका बेला लोसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेको अवस्था छ । नयाँ राजनीतिक ध्रुवीकरण हुने संभावना देखिएको बखत जसपा अध्यक्ष यादवले ठूला दलहरुसित प्रदेश र प्रतिनिधि सभा चुनावमा जानु भन्दा लोसपासित नै मिलेर जान इच्छुक देखिएका छन् ।लोसपालाई मिलेर चुनावमा जान अध्यक्ष यादवले आग्रह गरे पनि लोसपाका नेताहरुबाट भने कुनै प्रतिक्रिया आएको छैन् ।

यादवले विगतमा भएको पार्टी फुटको समीक्षासहित लोसपासंग पार्टी एकता गर्न तयार रहेको बताए ।‘ताली बज्नको लागि दुई हातको आवश्यकता पर्छ’ उनले भने, एक हातले कहिल्यै ताली बज्दैन । हामी खुल्ला छौं । लोसपालाई गठबन्धन र पार्टी दुवैमा स्वागत गर्न तयार छौं । सत्तासीन गठबन्धनबाट स्थानीय तहको चुनावमा सहभागी भएको जसपालाई नेपाली कांग्रेसबाट ठूलो घात भयो । जित सुनिश्चित रहेका कयौं पालिकामा कांग्रेसको कारण जसपाले क्षति ब्यहोर्नु प¥यो । २०७४ सालको आम निर्वाचनमा प्रदेश र प्रतिनिधि सभामा जसपा र लोसपा गठबन्धन गरी भाग लिएका थिए ।त्यही कारण दुबै दलको संयुक्त सरकार मधेश प्रदेशमा बनेको थियो ।गत वर्ष जसपा फुटेसँगै सरकारबाट लोसपाका नेताहरु हटाइएका थिए । लोसपालाई संघीय सरकारमा सहभागिताको स्वागत गर्दै अध्यक्ष यादवले भने, सहकार्य भए प्रदेशमा पनि हुन सक्छ । विभाजनपछि कमजोर बने पनि जसपासित मिलेर आगामी चुनाव लडे मधेश प्रदेशको अधिकांश सिट जित्न सक्ने अनुमान लगाइएको छ । पत्रकारहरुसितको संवादमा अध्यक्ष यादवले हालको निर्वाचन प्रणालीसमेत त्रुटि पूर्ण रहेको बताए । समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको दावी गर्दै उनले भने, गलत प्रणालीका कारण नै निर्वाचन अत्यधिक खर्चिलो हुँदै गएकोछ । संघीय र प्रादेशिक निर्वाचन क्षेत्र पूनः निर्धारण हुनुपर्ने अध्यक्ष यादवले माग गरे ।‘ मधेशको जनसंख्या ४६ प्रतिशत रहेको बेला भएको क्षेत्र निर्धारणलाई अब पूनः निर्धारण गर्नुपर्ने भएको छ’ उनले भने, अहिले मधेशको जनसंख्या ५३ प्रतिशत पुगिसकेकोले क्षेत्र पूनः निर्धारण हुनुपर्छ ।

विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र जातिवाद, पावरको कुनै स्थान नरहेको उल्लेख गर्दै उनले भने, नेपाल जस्तो गरीब मुलुकमा विकृतिमूलक र महँगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठने खतरा बढ्दै जानेलगायतका समस्याहरू रहेका छन् । स्थानीय तहको सम्पन्न निर्वाचनमा भएको कमीकमजोरी र उपलब्धिको समीक्षा गर्न अध्यक्ष यादव मधेश प्रदेशको दौडहामा रहेका छन् ।धनुषा जिल्लाको मंगलवार समीक्षा बैठकमा सहभागी भएका अध्यक्ष यादवले बुधवार महोत्तरी जिल्लाको समीक्षा बैठकमा भाग लिएका छन् ।

Comment


Related News

Latest News

Trending News