अपडेट 
२०७९ जेष्ठ २६, बिहीबार ०७:४८

नागेश्वर मंडल धवौली (धनुषा)

जैविक विविधता प्रकृतिको अनमोल निधि हो,धर्तीमा सुचारु जीवनको एकमात्र सुत्र हो । जैविक विविधताको आशय पृथ्वीमा पाईने समस्त जन्तु,रुख विरुवा,सुक्ष्म प्रजातिहरु सँग जोडिएका छन् । जैविक विविधताको आपूर्ति तथा प्रदुषण,भुक्षय, भूस्खलनबाट संरक्षण,पानी भंडारण र आपूर्ति तथा वायु,जल,आकाश,पृथ्वी,अग्निका तत्वहरुवाट मानिसका शरीर निर्माण भएको छ । प्रकृति एक अर्का सँग गाँसेको,वाँधेको हुन्छ तथा वायुमंडलको शुद्धिकरण,जल–जमीनको संरक्षण र संवद्र्धन,प्रााण्ी जगत एवं वनस्पति जगतलाई आश्रय र संरक्षण दिन्छ । सृष्टि नियामक छ , यसलाई सम्मान गर्नु पर्दछ । हामीले पृथ्वी सँगै बस्ने हो, हामी प्रकृतिका उपज र अंग हौं । प्रकृतिको विविधता नै समृद्धिका आधारशिला हो । चाड़,पर्व हामीलाई जीवनका विभिन्न पक्षहरुका साथै प्रकृति प्रति पूजा गर्न सिकाउँछ । सबै उपदानलाई आदर गर्नु पर्दछ र सुरक्षित राख्नुपर्छ । क्रतु अनुसार चराहरुको दर्शन ( नीलकंठ चराको दर्शन शुभ मानिन्छ, पर्सा जिल्लामा नीलकंठको शोभा यात्रा समारोह गरिन्छ आदि), रुखहरु(वर,पिपल,पाखरी,डुमरी,बेल,नीम,अमला, अशोक, रुद्राक्ष आदि ) को पूजन प्रकृति प्रति श्रद्धाभक्ति हो ।

हाम्रो संस्कृति, जीवनदर्शन,व्यक्तिगत र सामुदायिक विशेषताहरु,भूगोल,ज्ञान,विज्ञानको विकास क्रम,विभिन्न समाज,जाति,प्रकृतिका कारणले विशिष्ट छन् , सार्वभौमिक सत्यमाथि उभिएका छन् । मौरी र पुतलीहरु,पुष्पीय रुख र विरुवाहरुको परागसेचनमा सहायता गर्दछन, आइन्स्टाइनले भनेका छन्–‘यदि मौरीहरु लुप्त भए मानिसको लागि यो धर्तीमा केवल चार वर्षको जीवन शेष रहन्छ’ । धर्तीमा जीवनको पहिया गतिमान राख्न आवश्यक छ । वैकटेरियाको अन्त्य भयो भने हामी सबैको विनाश हुन्छ । जनजीवनका लागि आवश्यक सर्प, भ्यागुतो, किराफटांगरा, सरिपृत, अर्किड, परजीवी, वनस्पति, लहरा प्रजाति, कमिला, धमिरो, गोव्रेकीरा, भुसुना,सा–साना जीवहरु, हात्ती, गैडा, वाघ जस्ता प्राणीहरु, पशुपंक्षी, चराहरु मासिदै हराउँदै लोप हुँदै गै रहेकोछ ,यस वाट समग्र पर्यावरणीय चक्रमा खलल, सामाजिक जटिलता थपिदै गै रहेका छन् । हेर्दाहेर्दै हाम्रै वरिपरिका रैथाने पशुनश्लहरु लोप हुँदै गएका छन् । प्रकृति प्रेम सिखाँउछ, प्रकृतिलाई जति पनि विनाश गरे पनि दिने काम रोकेकी छैन, प्रकृति सँग नजिक भए आनन्द लिँदै सकारात्मक परिवर्तन आउँछ । संयुक्त राष्ट्र संघ को प्रतिवेदन अनुसार विश्वभरका लाखौं जीवजन्तु र वनस्पतिका प्रजाति लोप हुने संघारमा छन् । हवाईदÞीपमा हाउकुवा हिवी नामको फुलैफूलका रुखहरु लुप्त भयो । गिद्ध,गरुङ, सारस, वगेड़ी, वुलवुल आदि चराहरुको संख्यामा कमी आएको छ । विलुप्तीकरण हुन प्राकृतिक परिघटना हो । धर्तीमा अस्तित्वमा रहेको हजारौं जीव आज छैनन् । हरप्पा र मोहनजोर्दड़ो सभ्यता को नाश प्रकृतिसँग अत्याधिक छेडछाडको परिणाम थियो ।

उदारवाद, उपभोक्तावाद र विचौलिया संस्कृतिका कारण सांस्कृतिक,वातावरणीय,पर्यावरणीय तथा थुप्रै मानोवोचित वस्तु हराएका छन् । पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यास (कार्बनडाईअक्साइड, मिथेन, नाइट्रसअक्साइड, फ्लोरिनेटेड) आदिको परिमाण दिनानु दि बददै गइरहेकोले जैविक विविधिता संकटग्रस्त छन । भौतिकशास्त्रीय स्टिफेन हकिन्सले भविष्यबाणी गरेका छन–यही दरमा मान्छेको उपभोग र गतिविधि बढने हो भने अबको करिब ६ सय वर्षभित्र पृथ्वी छाडनु पर्दछ । प्रकृति जीवनको आँगनमा हरेक पल ज्ञानका अनुदान दिने गर्दछन् । जव मानिसका अंतकरण,कषाय–कल्मषाहरु बाट मुक्त हुन्छ, तत्पश्चात् तप–साधनाबाट आफनो मनको विकार नष्ट हुन्छ र निष्कमता, अंतकरणलाई पवित्र र निष्कलुष बनाउँछ,त्यसपछि मानिस आफनो चारै तर्फ विस्तीर्ण प्रकृतिलाई हेरेर धर्म वा अध्यात्मको तत्व ज्ञान प्राप्त गर्दछ । हाम्रो अंत–करण निर्मल वा परिष्कृत भएमा प्रकृति हामीलाई हरेक क्षण र हरेक घटना क्रम केही न केही सिखाउदै रहन्छ । प्रकृति जीवनमा जागरुक हुने, ग्रहणशील हुने ज्ञान प्राप्तिका सहज उपाय हो तथा चारै तर्फ भै रहने घटनाहरु हामीलाई ज्ञान दी रहेका हुन्छन । प्रकृतिले आफनो प्यारो सन्तानहरुका लागि घर अाँगनमा नै ब्रह्म विद्याका ज्ञानका मंदिर खोली रहेका छन् । प्रकृति सत्यपात्रका लागि कहिले वंचित राख्दैन र अपात्रलाई केही प्राप्त हुन दिदैन । ज्ञान प्राप्तिका लागि तीव्रलगन र परिष्कृत अंतकरण आवश्यक छ । प्रकृतिलाई मानिसको छिमेकी कै रुपमा हेर्ने र आदरभाव राख्ने हो । मान्छे र प्रकृतिबीचको सम्बन्ध जीवनचर्चाको अभिन्न हिस्सा हो ।

तसर्थ प्रकृतिको सम्पूर्ण ब्रहमाण्ड संचालनका निमित्त ज्ञान, चेतना,सोच, दृष्टिकोणको भूमिका महत्वपूर्ण हुन्छ । प्रकृतिमा रहेको अनन्त गुरुहरुले ज्ञान प्राप्तिका सुअवसरहरु प्रदान गर्दछ, दुनियाँको सवश्रेष्ठ चिकित्सक स्ंवय प्रकृति हो,सबैले खुल्ला पुस्तक,ज्ञान केन्द्र र गुरुका रुपमा विद्यमान प्रकृतिबाट गुण ग्रहण गरौ । केहीको गुणहरुको संक्षिप्त विवरण यसप्रकार छन्– १.पृथ्वी– धैर्य,क्षमा, र परोपकारको ज्ञान,क्रोध नगर्ने, आमाजस्तो व्यवहार–‘ माता भूमिःपुत्रो४ हं पृथिव्या’। २ वायु– कसैको दोष ग्रहण न गर्ने र कसैसित दÞेष नगर्ने,कसैसित आसक्त न हुने । ३.आकाश–परम व्यापक–निस्पंद–निःशब्द– विराटतम–महानतम् । ४ जल– स्वभाव स्वच्छ, मिठो र पवित्र । ‘जल सत्यम,शिवम सुन्दरम’ का प्रतिक । अशान्तलाइ शान्त,अपवित्रलाई पवित्र गर्दछ । जल नरम र तरल हुन्छ तर कठोरतालाई बिजय गर्छ । ५.अग्नि–तेजस्वी र ज्योतिर्मय । ईन्द्रियहरुबाट अपराजित तथा विषयहरुवाट निर्लिप्त रहनु । ६.चन्द्रमा–कालको प्रभाववाट चन्द्रमाको गति घटछ बढछ । जन्म देखि मृत्यु सम्मका सम्पूर्ण अवस्थाहरु शरीरका नै हुन । आत्मासँग कुनै सम्बन्ध न हुनु । ७.सूर्य–शुद्ध–अनन्त–चैतन्य भौतिक उपाधिहरुका कर्महरुबाट लिप्त हुँदैन । ८.समुद्र– सर्वदा प्रसन्न र गंभीर रहनु । भाव अथाह,अपार र असिमीत हुनु । कसैप्रति क्षुण्ध न हुनु । ९.नदी– लक्ष्यका प्रति सतत गतिशील ,विध्नवाधा आए आफनो वाटो ( समाधान ) खोजी अगाड़ी बढी रहने प्रवृति,सबैलाई एकसमान सेवा गर्नु, लक्ष्य प्राप्ति निमित्त अविश्रान्त गति बनाई राख्नु । १० रुख– एकसमान सबैलाई आश्रय दिनु । घाम,गर्मी,सदीर्,वर्षा,हुरी,वतास,आदिमा तपस्यामा लागि रहनु र आफूलाई क्षति पु¥याउनेलाई पनि आफूसँग भएको वस्तु दी रहनु । रुख मा भगवानको वास–स्थल । रुख मुनि तपस्या गर्ने, ग्रन्थ लेख्ने,ज्ञान प्राप्त गरिने ।

११.परेवा–दानाको लोभले शिकारीको जालमा फसीइन्छ,तसर्थ लोभबाट वच्नु पर्ने । १२. कमिला– आफनो सहज गतिमा निरन्तर पुरुषार्थरत रहने, गुलियो कण पाइयो भने विना कुनै थकाईवाट विचलन भै अथक मेहनत गरी रसास्वादन गर्ने । १३. काग– लक्ष्य प्रति सचेष्ट, वातावरणमा अनूकुलता,निर्भयता, उपयोगी वस्तुको संचय, सबैतिर आँखा घुमाउने र अरुमाथि सहजै विश्वास न गर्नु । मैथुन गोप्य स्थानमा । १४. कुकुर–घ्राणशक्तिको विशिष्टता,खाना न पाए वा थोरै पाएमा पनि सन्तोष गर्ने ।गाढा निन्द्रामा पनि तुरुन्त उठने, आफना मालिकप्रति सदा इमान्दार रहने । १५.माछा– आफनो जिहवाको क्षणिक लोभको वशमा प्राण समाप्त गर्नु हुँदैन । डल्फिन माछामा वौद्धिक कुशलता अतुलनीय । जागृत र सजकताका चरित्र । १६. हाँस– संसार सत्य वा असत्य, शुभ वा अशुभ, मूत्यु व अकृतको मिश्रण हो । मिसिएका दूध वा पानी लाई छुटाउँछन, तसर्थ उपयोगीलाई ग्रहण गरौ, बाँकीलाई छोडौ । १७.कुखुरा– सही समयमा उठनु,निडर वन्नु, भिड़नु, सम्पतिको उचित वाँडफाँड गर्नु र आफनै कष्टले आफनो रोजगारी प्राप्त गर्नु । १८.गधा– आफनो भारी वोकन न छाडनु, जाडो–गर्मीको चिन्ता न गर्नु,सदा सन्तुष्ट रहनु । १९. भमराहरु – पुष्पहरुवाट रस ग्रहण गर्ने, सवैले शास्त्रहरुबाट शिक्षा ग्रहण गर्नु पर्ने । २०.–माहुरी– मधुको उपयोग अर्कोका लागि । अनुशासनपालन गुण । परिवारमा प्रज्ञा उच्चतम ज्ञान शक्तिको नेतृत्व सवैलाई मान्य,मन–बुद्धि–इन्द्रिहरु– अन्तरआत्मा–शरीर,यी सबै घटकहरु एक आपसमा सहकार्य गरे एक अर्कोको हित हुने । २१.माकुरो– आफूले जाल बुन्ने, त्यसमा रमण गर्ने र आफू नै भक्षण गर्ने । परमात्मा वाट सृष्टि निर्माण,जीव रुपमा जीवनयापन गर्ने र आफूमा समाहित गर्ने । २२.भृगी कीट (बिलनी)–कुनै कीड़ा लाई समाती आफू वस्ने ठाँउमा वन्द गरे पछि कीड़ा त्यसको चिन्तामा तद्रुप हुन जान्छ, त्यस्तै साधक पनि परमात्माको चिन्तन गर्दागर्दै परमात्माका रुपमा परिवर्तित हुने । २३.सिंह– साहस र वीरता.अतुलनीय,दतचित्त भई कार्य गर्ने,कपट हीन ।

२४.हात्ती–लोभ,मोहमा न फस्नु । शाकाहारी जीवन । २५घोड़ा– अनुशासन,शक्ति र तीव्रता, शाकाहारी । २६.हरिन–आफनो श्रवण इन्द्रियमा आशक्त भए प्राण समाप्त हुने,सदैव सजग रहने प्रवृति,साधकलाई पनि कुनै एउटा इन्द्रियमा आशक्त भए पतन निश्चित । २७.सर्प–एक्लै भ्रमण गर्ने,अर्काले वनाएको घरमा निवास गर्नु–संन्यासीलाई शिक्षा,‘बÞसुदेव कुटम्वकम्’ को पर्याय । अजगरसर्प –हरेक स्थितिमा सन्तुष्ट रहने । २८. कुरर पक्षी –अत्यन्त प्रिय वस्तु संग्रह गर्नु दुःखका कारण । २९.¬–कोयल–मिठो वाणी,महानतम प्रेरणा श्रोत । ३०.बकुलो– एकाग्रचित्त हुने । आफनो इन्द्रियहरुलाइ संयमित राख्नु । ३१. कच्छप (कछुवा)– मानिसमाथि शब्द, स्पर्श,मान–सम्मानका लागि लोभ भए कच्छप जस्तै अलग भै आफूमा सिमित भै रहने । ३२.वाँदर–सुरक्षाका लागि स्थान परिवर्तन गर्ने,निरामिष जीवन । ३३.सुगा–शाकाहारी, प्रवीणता । ३४.पुतली– दीपज्योतिमा टाँसिएमा भस्म हुने,इन्द्रिय भोगहरुमा मोहित भएमा नष्ट हुने । आफनो छेउछाउ र परिवेशका जीव जन्तु,वनस्पति लगायत प्रकृतिको बाँच्न पाउने लोकतंत्रलाई जोगाउनमा हामी सबै सहभागी बनौं । यसले प्रकृति र ब्रहमाण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सुक्ष्म बोधको जीवन र समाज चलाउन सिकाउँछ तथा मानिसले नैसर्गिक नियमलाई पालन गर्ने प्रकृतिलाई अक्षुण्य राख्नुपर्छ को शिक्षा दिन्छ । ‘प्राण–उर्जा वरसंति,निरंतरे सर्व जीवानाम् ,उद्र्धमुखिमुखम कृत्वा पिवन्ति भाग्यशालिनी’ अर्थात प्रकृतिवाट निरन्तर अमृत वर्षा भै रहन्छ,भाग्यशाली मानिस ले मात्र त्यस अमृतको पान गर्न सक्छ ।

Comment


Related News

Latest News

Trending News