अपडेट 
२०७९ जेष्ठ २६, बिहीबार ०८:०१

राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले बर्तमान समयमा विभिन्न जोखिमबाट बच्नका लागि वीमा अपरिहार्य रहेको बताएका छन् ।

बुधवार राजविराजमा प्रभु इन्स्योरेन्स लिमिटेड उपशाखाको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् । मानवको जिवनमा खानाको आवश्यक्ता झै वीमा पनि उत्तिकै आवश्यक रहेको बताउदै उनले स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, यातायात, पसल, प्रतिष्ठान, उद्योग धन्दा लगायत विभिन्न क्षेत्रमा पुगेको वीमाले अन्त : आर्थिक जोखिम र संकटमा परेका मानिसलाई नै फाईदा पु¥याउने गरेको छ । समयमै वीमा गर्न सकिए विभिन्न खाले घट्ना, दुर्घटना र आपत विपत पर्दा प्राप्त हुने राशीले धेरै हद सम्म राहत प्रदान गर्ने उनको भनाइ थियो । वीमा समितीबाट इजाजत प्राप्त उक्त लि का मुख्य कार्यकारी अधिकृत संचित बज्राचार्यले राजविराजमा ५६ औं शाखा विस्तार गरिएको बताउदै यसको मुख्य शेयरधनीको रुपमा प्रभु ग्रूप र कर्मचारी संचयकोष रहेको जानकारी दिए । कार्यक्रममा लिमिटेडका सुचना प्रविधि प्रमुख निलहरी नेपाल, सहायक महाप्रबन्धक समिर तामांग, बरिष्ठ प्रबन्धक कुमार खत्रीले भने बोल्दै वीमाको पहुँच नभएको क्षेत्रमा पुगी सबै क्षेत्र र वर्ग सम्म वीमासेवाको पहूच पु¥याउने उदेश्यले शाखा विस्तार गरिदै लगिएको बताए ।

कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष सतिश कुमार सिंह, प्रतिष्ठीत व्यवसायी सुरज सिंहका साथै स्थानीय उधोगी, व्यवसायी तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News