२०७९ जेष्ठ २६, बिहीबार १०:१७
धनुषा । जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ। समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भए।
बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो। धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा संगीतादेवी ठाकुर निर्वाचित भएकी छिन्।
यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसंख्या सदस्यमा महेन्द्र महतो निर्वाचित भए। जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s


