अपडेट 
२०७९ जेष्ठ २६, बिहीबार १०:४४

पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ।

दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सडकबाट बस खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो।

सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा बसमा सवार सबै जनाको मृत्यु भएको छ।

तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोँचमा खसेको थियो।

दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ।

दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन्।

पुराना सडक, कमजोर संरचनालगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन्।

Comment


Related News

Latest News

Trending News